२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

काठमाडौं म्याराथनमा कोजुको  ह्याट्रिक  

केशव थापा

काठमाडौँ — नेपाल एपीएफ क्लबकी कान्छीमाया कोजुले काठमाडौं म्याराथनमा ह्याट्रिक उपाधि जितेकी छन् । शनिबार बिहान भएको १३औं संस्करणको म्याराथनमा कान्छीले निर्धारित दूरी २ घन्टा ५७ मिनेट २७ सेकेन्डमा पूरा गर्दै ह्याट्रिक उपाधि जितेकी हुन् । हरेक वर्ष
हुने म्याराथनको यो १३ ‌ औ‌ं संस्करण हो ।

काठमाडौं म्याराथनमा कोजुको  ह्याट्रिक  

प्रतियोगितामा सरिता बासी ३ घण्टा १९ मिनेट ७ सेकेण्डमा निर्धारित दूरी पार गर्दै दोस्रो भइन् । त्यस्तै निर्धारित दूरी ३ घण्टा ४७ मिनेट ४५ सेकेण्डमा पार गर्दै निर्जला ताम्राकार तेस्रो भइन् ।


पुरुषतर्फ विभागीय त्रिभुवन आर्मी क्लबले वर्चस्व जमाएको छ । नरेन्द्र सिंह रावल च्याम्पियन बनेका छन् । दोस्रो र तेस्रो स्थान पनि आर्मीकै खेलाडीले जितेका छन् । नरेन्द्रले निर्धारित दूरी २ घन्टा ३३ मिनेट १० सेकेन्डमा पूरा गर्दै च्याम्पियन बने ।


आर्मीकै वेदबहादुर सुनारले निर्धारित दूरी २ घन्टा ३४ मिनेट २० सेकेन्डमा पूरा गर्दै दोस्रो स्थान हासिल गरे । आर्मीकै ज्ञानप्रसाद भट्टराईले २ घन्टा ३४ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै तेस्रो स्थान हासिल गरे ।


१३ विधा भएको खेलमा हाफ म्याराथनमा आर्मीका राजन राजन रोकायले निर्धारित दूरी १ घण्टा १० मिनेट २६ सेकेण्डमा पार गर्दै पहिलो भए । आर्मीकै हरि रिमाल दोस्रो र रामजी बस्नेत तेस्रो भए ।


महिला हाफ म्याराथनमा आर्मीकै पूर्णलक्ष्मी न्यौपानेले १ घण्टा २८ मिनेट ३ सेकेण्डमा पार गर्दै पहिलो बनिन् । दोस्रो आर्मीकै सानुमाया कार्की भइन् भने पुलिस क्लबकी रेखा विष्ट तेस्रो भइन् ।


५ किलोमिटर दौडमा एपीएफका अजितकुमार यादव पहिलो भए । महिलामा आर्मीकी सरस्वती भट्टराईले जितिन् ।

ह्वीलचियरतर्फ पुरुषमा क्रिष्णलाल चौधरी र महिलामा यानी झाक्री मगर पहिलो भए ।

प्रकाशित : पुस ५, २०७६ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?