२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बार्सिलोना र रियलबीच बराबरी

एएफपी

बार्सिलाेना — बार्सिलोना र रियल म्याड्रिडले बुधबार राति स्पेनी ला लिगामा गोलरहित बराबरी खेलेका छन् । यो नतिजापछि दुवै टिम समान ३६ अंकमा लिग तालिकाको शीर्ष स्थानमा छन् ।

बार्सिलोना र रियलबीच बराबरी

शीतकालीन विश्राम अगाडि जित निकाल्न सकेको भए उपाधिको दौडमा दुवै टिमसामु बलियो हुने अवसर थियो । तर नु क्याम्प बाहिर हजारौं पृथकतावादीले प्रदर्शन गरिरहेको स्थितिमा दुवै टिमले गोल आत्मसात् गर्न सकेनन् ।

बार्सिलोना गोल अन्तरले भने अगाडि छ । खेलको एक मात्र बलियो अवसर गेराथ बेलले सिर्जना गरेर बललाई पोस्टमा दिशा दिए पनि त्यसले अफसाइडका कारण मान्यता पाएन् ।


गत अक्टोबर २६ तारिखमा हुनु पर्ने यो खेल बार्सिलोनामा भएको प्रदर्शनका कारण रोकिएको थियो । बुधबार राति पनि रंगशालाबाहिर पृथकतावादी समूहले प्रदर्शन गरिरहे । अक्टोबरमा ९ जना पृथकतावादी नेतालाई जेल सजाय सुनाएपछि बार्सिलोनामा राजनीतिक प्रदर्शन हुँदै आएको छ।

प्रकाशित : पुस ३, २०७६ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?