प्यालेस र ब्राइटन बराबरीमा

(एएफपी)

लन्डन — विलफ्रेड जाहाले गरेको बराबरी गोल मद्दतले इंग्लिस प्रिमियर लिगमा सोमबार राति क्रिस्टल प्यालेसले ब्राइटनलाई सेलहर्टस पार्कमा १–१ मा रोक्यो ।

प्यालेस र ब्राइटन बराबरीमा

यो नतिजापछि प्यालेस अंक तालिकाको नवौं स्थानमा उक्लेको छ ।


ब्राइटनले निल मउपेको गोलले ५४ औं मिनेटमा अग्रता लिएको थियो । प्यालेसका लागि जाहाले खेल सकिन १५ मिनेट अगाडि उत्कृष्ट व्यक्तिगत गोल गरे ।


ब्राइटन १३ औं स्थानमा छ र यो रेलिगेसन क्षेत्रबाट पाँच अंकको दूरी हो ।


प्रकाशित : पुस १, २०७६ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?