पीपीएल : विराटनगरमाथि धनगढीको रोमानञ्चक जित

(पोखरा) — पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत सोमबारको पहिलो खेलमा धनगढी ब्लुजले विराटनगर टाइटन्समाथि ५ रनको रोमान्चक जित हासिल गरेको छ । धनगढीका कप्तान दीपेन्द्र सिंह एरीले अन्तिम ओभरमा सानदार बलिङ गर्दा १ सय १८ रनको लक्ष्य पछ्याएको विराटनगरले ९ विकेटको क्षतिमा ११२ रनमात्र बनाउन सक्यो । 

पीपीएल : विराटनगरमाथि धनगढीको रोमानञ्चक जित


विराटनगरलाई अन्तिम ओभरमा १५ रन आवश्यक थियो । पुनित मेहरा र जितेन्द्र मुखिया स्ट्राइकमा थिए । धनगढीका कप्तान दीपेन्द्र सिंह ऐरीले पहिलो बलमै १४ रन बनाएर खेलिरहेका पुनित मेहरालाई बोल्ड गरे ।

दोस्रो बलमा किशोर महतोलाई रन दिएनन् । तेस्रो बलमा किशोरले छक्का प्रहार गरी विराटनगरलाई आशा देखाए । चौथो बलमा २ रन लिएका उनी पाँचौं बलमा बोल्ड हुन पुगे । अन्तिम ब्याट्सम्यानको रुपमा आएका साहव आलमले इनिङको अन्तिम बलमा १ रनमात्र लिन सके ।

यसअघि विराटनगरका ओपनर मुहम्मद जइद आलम र दिलिप नाथ खाता खोल्नै नपाइ आउट भएका थिए । कप्तान प्रदीप ऐरी १०, सुनील धमला १८ रन बनाएर आउट भए । विकेटकिपर ब्याट्सम्यान राजु रिजालले २५ रन बनाउन सके । नोमन खाले ११ रनको योगदान गरे ।


बलिङमा कप्तान दीपेन्द्रले ४ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिए । सागर ढकालले २ विकेट झारे । कमलसिंह ऐरी, अमित यादव र अनिल खरेलले १–१ विकेट लिए ।

पोखरा रंगशालामा यसअघि टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा ११७ रनको सामान्य योगफल खडा गरेको थियो ।

बिहानको ओसिलो पीचमा ब्याटिङ गरेको धनगढीका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् भने साझेदारी पनि राम्रो रहेन । कप्तान दीपेन्द्र सिंह ऐरी पहिलो बलमै आउट भएका थिए । सन्दीप सुनार र अमित यादवले समान ३ रन बनाउँदा सन्दीप जोरा ७ रनमा आउट भएका थिए ।

नवौं नम्बरमा ब्याटिङमा आएका कमल सिंह ऐरीले सर्वाधिक २६ रनको योगदान गरेपछि धनगढीले सय रनको आँकडा पार गरेको थियो । कमलले २१ ब्लमा २ चौका र २ छक्का प्रहार गरे ।

यसअघि मध्यक्रमका व्याट्सम्यान श्रीमान्था विजेयरत्नेले २५ रन जोडेका थिए । उनले २५ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

यसबाहेक ओपनर रोड्रिगो थोमसले १६ रन बनाए । पुछारक्रममा आएका मन्जित श्रेष्ठले ११ रनको योगदान गरे । शौरभ खनाल १२ रनमा आउट भए । कमल सिंह ऐरीले बलिङमा विराटनगरका शाहव आलमले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । नोमन खानले २ विकेट झारे । पुनित मेहराले ४ ओभरमा १ मेडनसहित ७ रन खर्चेर १ विकेट लिए । किशोर महतो र मोहम्मद जइम आलमको नाममा पनि १–१ विकेट रह्यो ।

...

पोखरा प्रिमियर लिग (पीपीएल)को दोस्रो संस्करण अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई ११८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिलो ब्याटिङ गरेको धनगढीले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा ११७ रनको योगफल खडा गरेको हो ।

बिहानको ओसिलो पीचमा ब्याटिङ गरेको धनगढीका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् भने साझेदारी पनि राम्रो रहेन । कप्तान दीपेन्द्र सिंह ऐरी पहिलो बलमै आउट भएका थिए । सन्दीप सुनार र अमित यादवले समान ३ रन बनाउँदा सन्दीप जोरा ७ रनमा आउट भए ।

नवौं नम्बरमा ब्याटिङमा आएका कमल सिंह ऐरीले सर्वाधिक २६ रनको योगदान गरेपछि धनगढीले सय रनको आंकडा पार गरेको थियो । कमलले २१ बलमा २ चौका र २ छक्का प्रहार गरे ।


यसअघि मध्यक्रमका व्याट्सम्यान श्रीमान्था विजेयरत्नेले २५ रन जोडेका थिए । उनले २५ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

यसबाहेक ओपनर रोड्रिगो थोमसले १६ रन बनाए । पुछारक्रममा आएका मन्जित श्रेष्ठले ११ रनको योगदान गरे । शौरभ खनाल १२ रनमा आउट भए । कमल सिंह ऐरीले बलिङमा शाहव आलमले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । नोमन खानले २ विकेट झारे । पुनित मेहराले ४ ओभरमा १ मेडनसहित ७ रन खर्चेर १ विकेट लिए । किशोर महतो र मोहम्मद जइम आलमको नाममा पनि १–१ विकेट रह्यो ।


प्रकाशित : मंसिर ३०, २०७६ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?