२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

महिला फुटबल एकेडेमीलाई सहयोग

काठमाडौँ — पाँच वर्षदेखि महिला फुटबलको विकासलाई लागिपरेको रौतहट जिल्ला महिला फुटबल एकेडेमीलाई एन्फा एकेडेमीका पहिलो पुस्ताले सहयोग गरेका छन् । 

एन्फा एकेडेमीको स्थापना २०५४ सालमा भएको थियो र यो क्रममा खेलेका खेलाडीहरूले हाल प्रशिक्षणरत खेलाडीलाई ६० थान, जर्सी, हाफ पाइन्ट र ट्र्याकसुट प्रदान गरेको हो । चन्द्रनिगाहपुरमा प्रशिक्षणरतमध्ये ८ जना गोलरक्षक छन् । एकेडेमीको महिला टोलीलाई एन्फा एकेडेमीको दोस्रो ब्याचका खेलाडी नूरराज काफ्लेले प्रशिक्षण दिइरहेका छन् । रौतहट नेपाल महिला फुटबलमा उर्बर भूमिको रूपमा रहेको छ । हाल राष्ट्रिय टोलीमा त्यस क्षेत्रका ५ खेलाडी रहेका छन् । हालै इरानको तेहरानमा भएको खेलेका नेपाली यू–१९ टोलीमा १३ खेलाडी रौतहटकै थिए । २०७१ सालदेखि रौतहट जिल्ला महिला एकेडेमी बनाई व्यवस्थित रूपमा प्रशिक्षण दिन थालिएको प्रशिक्षक काफ्लेले बताए ।


‘हामीले सहयोगको यो हात उठाएको दोस्रो वर्ष हो, पहिलो वर्ष हामीले शिक्षामा सहयोग गरेका थियौं,’ एन्फा एकेडेमीको पहिलो ब्याचका गोलरक्षकमध्येका एक राजीव श्रेष्ठले भने, ‘हामीले स्पेसिएल फोर्टिवान भनेर एउटा समूह बनाएका छौं, त्यसलाई फाउन्डेसन बनाएर फुटबलमा अझ सहयोग गर्नेछौं ।’ सहयोगका लागि टोलीलाई कनेक्ट टु नेपालले सहयोग गरेको थियो ।


राजीवसहित एन्फा एकेडेमी पहिलो ब्याचका मानसाजन राजभण्डारी, विजय गुरुङ, सुदीप श्रेष्ठ, प्रज्वलप्रताप खाती, प्रदीप महर्जन, शेखर थापा, ध्रुव श्रेष्ठ, विक्रम महर्जनले रौतहट जिल्ला महिला फुटबल एकेडेमीका प्रशिक्षक काफ्लेलाई सामग्री हस्तानतरण गरेका थिए ।




प्रकाशित : मंसिर ३०, २०७६ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?