पीपीएल : कुशलको अर्धसतकसँगै पोखराको विजयी सुरुआत

(पोखरा) — काठमाडौं गोल्डेन वारियर्सलाई ९ विकेटले हराउँदै साविक विजेता पोखरा पल्टनले पोखरा प्रिमियर लिग (पीपीएल)मा विजयी सुरुआत गरेको छ । काठमाडौंले दिएको १ सय १६ रनको लक्ष्य पोखराले १ विकेटको क्षतिमा १४.१ ओभरमै पूरा गर्ने क्रममा ओपनर कुशल भुर्तेलले आकर्षक अर्धशतकीय योगदान गरे । ४३ बलको सामना गरेका उनले ४ चौका र ५ छक्काको सहयोगमा अविजित ६५ रन जोडे ।

पीपीएल : कुशलको अर्धसतकसँगै पोखराको विजयी सुरुआत

यसबाहेक अर्का ओपनर आसिफ शेखले १४ रनको योगदान गरे । रवि इन्दर सिंह ३८ रनमा अविजित रहे । उनले ३२ बलमा ५ चौका र १ छक्का प्रहार गरे । बलिङमा काठमाडौंका सुशन भारीले १ विकेट लिएका थिए ।


यसअघि पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय १५ रनको योगफल खडा गरेको थियो । सुरुआती ब्याट्सम्यानहरु सस्तैमा आउट हुँदा लडखडाएको काठमाडौंका लागि सुबोध भाटीले सम्मानित स्कोरमा पुर्‍याएका थिए ।

सातौं नम्बरमा ब्याटिङमा आएका सुबोधले २९ बलमा ४ छक्का र ४ चौका प्रहार गरे । ठूलो सट खेल्ने चक्करमा १७.३ ओभरमा उनी शरवजीत लड्डाको बलमा आरिफ शेखको हातबाट बाउन्ड्री क्षेत्रमा क्याचआउट भए ।

ओपनर जयकिसन कोल्सावाला ९, डेढ वर्षपछि घरेलु क्रिकेटमा पुनरागमन गरेका सुवास खकुरेल ६, गौर‍व तोमर १३, कप्तान ज्ञानेन्द्र मल्ल १, पवन सर्राफ ६ र पृथु बास्कोटाले ७ रनमात्र जोड्न सके । बसन्त रेग्मी ८ र शुसान भारी १० रनमा नटआउट रहे ।

बलिङतर्फ पोखराका रशिद खान, ललित नारायण राजवंशी र कुशल मल्लले २–२ विकेट लिए । शरवजीत लड्डा र प्रथमेस डाकेले १–१ विकेट झारे ।

...


विदेशी ब्याट्सम्यान सुवोध भाटीले आक्रामक ब्याटिङ गरेपछि दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको उद्घाटन खेलमा काठमाडौं गोल्डेन वारियर्सले साविक विजेता पोखरा पल्टनलाई ११६ रनको विजय लक्ष्य पेश गरेको छ ।

पोखरा रंगशालामा टस हारेर ब्याटिङ गरेको नवप्रवेशी टिम काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११५ रन बनायो । सुरुआती ब्याट्सम्यान सस्तैमा आउट भए पनि सातौं नम्बरमा आएका भारतीय ब्याट्सम्यान सुबोधले आक्रामक पारी खेल्दै इनिङ उकासेका थिए ।

शरवजीत लड्डाको बलमा आरिफ शेखको हातबाट क्याचआउट हुनुअघि उनले २९ बलमा ४ छक्का र ४ चौका प्रहार गरे । त्यसअघि अर्का विदेशी खेलाडी गौरव तोमरले १३ रन जोड्नुबाहेक अन्य ५ ब्याट्सम्यान दोहोरो अंकको स्कोर गर्न असफल थिए ।

ओपनर जयकिसन कोल्सावाला ९, डेढ वर्षपछि घरेलु क्रिकेटमा पुनरागमन गरेका सुवास खकुरेल ६, कप्तान ज्ञानेन्द्र मल्ल १, पवन सर्राफ ६ र पृथु बास्कोटाले ७ रनमात्र जोड्न सके ।

बलिङतर्फ पोखराका रशिद खान, ललित नारायण राजवंशी र कुशल मल्लले २–२ विकेट लिए । शरवजीत लड्डा र प्रथमेस डाकेले १–१ विकेट झारे ।

...

पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको दोस्रो संस्करण आइतबारबाट सुरु भएको छ। प्रतियोगिता शनिबारदेखि सुरु हुने भनिए पनि वर्षाका कारण एकदिन सारिएको थियो। पहिलो दिनको पहिलो खेलमा साबिक विजेता पोखरा पल्टन र नवप्रवेशी काठमाडौं गोल्डेन्स वारियर्सबीच प्रतिस्पर्धा गर्दै छ।

पोखराले टस जितेर पहिलो फिल्डिङ रोजेको छ । पोखराको कप्तानी शरद भेषावकरले गरिरहेका छन् भने काठमाडौंको ज्ञानेन्द्र मल्लले गरिरहेकाछन् ।

पुस १२ सम्म पोखरा रंगशालामा हुने प्रतियोगितामा ६ सहरको नामबाट निर्मित फ्रेन्चाइज टिमबीच प्रतिस्पर्धा गर्नेछन्। हरेक टिमले तीनजनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न सक्नेछन्। अघिल्लो संस्करणभन्दा विदेशी खेलाडीको कोटा बढाइएको हो। लिग चरणमा शीर्षस्थानमा रहने टोलीले सिधै फाइनलमा स्थान बनाउने छ। दोस्रो र तेस्रो हुने टिमबीच इलिमिनेटर खेल हुने प्रावधान छ।

विजेताले पाउने प्लेट आकारको ट्रफी शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक गरेका थिए । क्विन्स इभेन्ट म्यानेजमेन्टले प्रतियोगिता आयोजना गरेको हो।

पोखरा पल्टन, चितवन राइनोज, धनगढी ब्लुज, बुटवल ब्लास्टर्स, काठमाडौं गोल्डेन्स र विराटनगर टाइटन्स टिम प्रतियोगितामा सहभागी छन्। पोखराको कप्तानी शरद भेषावकर, चितवनको पारस खड्का, धनगढीको दीपेन्द्रसिंह ऐरी, बुटवलको सोमपाल कामी, काठमाडौंको ज्ञानेन्द्र मल्ल र विराटनगरको कप्तानी प्रदीप ऐरीले सम्हालेका छन्।

अघिल्लो संस्करणमा जस्तै यस संस्करणमा पनि उपाधि विजेताले २७ लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। मोस्ट भ्यालुएबल खेलाडीले १ लाख र इमर्जिङ खेलाडीले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। हरेक खेलको 'म्यान अफ द म्याच'ले १० हजार रुपैयाँ प्रदान गरिनेछ।

प्रकाशित : मंसिर २९, २०७६ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?