३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

लिभरपुलको अग्रता बढ्दै

(एजेन्सी)

लन्डन — इंग्लिस प्रिमियर लिगमा लिभरपुलको शीर्ष स्थानको अग्रताले शनिबार राति १० अंक छोएको छ । दोस्रो स्थानमा रहेको लेस्टर सिटी नरविचको हातबाट घरमा १–१ को बराबरीमा रोकिएपछि लिभरपुललाई फाइदा भएको हो ।

लिभरपुलको अग्रता बढ्दै

नरविचले टिमु पुकीको गोलले अग्रता लिएयता लेस्टरले लेस्टरलाई आत्मघाती गोलको उपहार दिएको थियो । यसअघि लिभरपुलले वाटफोर्डलाई २–० ले हराएको थियो ।


लिभरपुलको १७ खेलबाट ४९ अंक भएको छ । यस्तै अर्को खेलमा चेल्सी घरमै बर्नमाउथसँग १–० ले पराजित रह्यो । चौथो स्थानमा रहेको चेल्सीको २९ अंक छ ।


प्रकाशित : मंसिर २९, २०७६ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?