१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

चार खेलाडीको निलम्बन लम्बियो

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) को अनुशासन समितिले चार खेलाडीमाथिको निलम्बन लम्ब्याएको छ । ‘नाइट क्लब’ मा गएर अनुशासनहीन कार्य गरेको भन्दै एन्फाले चार साताअघि नेपाली राष्ट्रिय टोलीका विमल घर्तीमगर, दिनेश राजवंशी, अन्जन विष्ट र सन्तोष तामाङलाई निलम्बन गरेको थियो ।

चार खेलाडीको निलम्बन लम्बियो

कुवेतसँगको विश्वकप छनोट खेल्न भुटान जाने अघिल्लो दिन उनीहरूलाई ठमेलमा गएर अनुशासनहीन कार्य गरेको भनी एन्फाले कात्तिक ३० देखि कुनै प्रतिस्पर्धामा सहभागी हुन दिएको थिएन ।


एन्फाले ठमेल काण्डका कारण विमल र दिनेशमाथि शुक्रबारदेखि लागू हुने गरी ९० दिन तथा अन्जन र सन्तोषलाई ४५ दिनको निलम्बन बढाएको हो । यो निर्णयले शनिबार सुरु हुने सहिद स्मारक लिग विमल र दिनेशले पूरै खेल्न पाउने छैनन् । अन्जन मनाङ मर्स्याङ्दी र सन्तोष त्रिभुवन आर्मी क्लबमा आबद्ध छन् । एन्फाले निलम्बनको समयमा एन्फासँग आबद्ध कुनै प्रतियोगितामा चार खेलाडीले खेल्न नपाउने जनाएको छ । साथै निलम्बित सबै चार खेलाडीमाथि ५० हजार रुपैयाँ जरिवाना पनि सुनाएको छ ।


प्रकाशित : मंसिर २८, २०७६ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?