कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनिल गुरुङ १५ वर्ष पछि बीबीसीमा

विनोद पाण्डे

काठमाडौँ — नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान अनिल गुरुङ १५ वर्ष पछि ब्रिगेड ब्वाइज क्लब (बीबीसी) मा फर्किएका छन् । उनीसहित अन्य खेलडीलाई बीबीसीले शुक्रबार सार्वजनिक गरेको हो । 

अनिल गुरुङ १५ वर्ष पछि बीबीसीमा

शनिबारदेखि दशरथ रंगशालामा सुरु हुने सहिद स्मारक लिगमा बीबिसीले पहिलो खेल नै मच्छिन्द्र क्लबसँग खेल्ने छ । पोखराको सहारा क्लबबाट उत्पादित अनिल गुरुङले २०६२ सालमा ब्रिगेड ब्वाइज क्लबबाटै ए डिभिजन लिगको सुरुआत गरेका थिए । यसको अर्को वर्ष उनी थ्री स्टार क्लब हुँदै मनाङ मर्स्याङ्दीमा पुगेका थिए ।


गत वर्ष थ्रीस्टारबाट खेलेका उनी पुन बीबीसी फर्किएका हुन् । 'म पहिला जहाँ थिएँ, त्यही फर्किएको हुँ,' शुक्रबार पत्रकार सम्मेलनमा उनले भने ।


बीबीसीले अनुभवी खेलाडी विजय गुरुङ र उत्तम गुरुङलाई पनि लिएको छ । टोलीको प्रशिक्षकमा खगेन्द्र पुन र व्यवस्थापकमा अरबिन्द गुरुङ छन । सनोज श्रेष्ठ टेक्निकल प्रशिक्षकको रुपमा रहेने छन् ।


प्रकाशित : मंसिर २७, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?