कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

अयाक्स समूह चरणबाटै बाहिर

(एएफपी)

पेरिस — डिफेन्डिङ च्याम्पियन लिभरपुलले मंगलबार राति साल्सबर्गविरुद्धको खेलमा आफूअनुकूल नतिजा निकालेको छ । यो नतिजाले टोलीले युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान निश्चित गर्‍यो । चेल्सीले पनि अर्को चरणमा आफ्नो स्थान सुरक्षित बनायो, तर अयाक्स भने स्तब्धपूर्ण रूपमा समूह चरणबाटै बाहिरिएको छ । समूहमा आफ्नो अन्तिम खेल खेलेपछि ६ टिमले नकआउट चरणमा प्रवेश पाए भने अयाक्ससँगै बाहिरिनेमा इन्टर मिलान पनि रह्यो ।

अयाक्स समूह चरणबाटै बाहिर

गत सिजन जितेको उपाधि रक्षा गर्ने सम्भावना कायम राख्न योर्गन क्लोपको लिभरपुललाई अस्ट्रिया यात्रामा बराबरीमात्र आवश्यक थियो । तर उसले साल्सबर्गलाई सजिलै २–० ले हरायो । त्यसमा नाबी केइटा र मोहमद सलाहले दोस्रो हाफमा दुई गोल गरे । यो जितपछि लिभरपुलले समूह ‘ई’ जितेको छ । नेपोली भने दोस्रो स्थानमा रहेर अगाडि बढ्न सफल रह्यो । साल्सबर्ग युरोपा लिगमा झर्‍यो । क्लोपले भने, ‘निकै गाह्रो खेलमा हामीले जित निकाल्न सक्यौं ।’


उनले थपे, ‘हामीले दुई सुन्दर गोल गर्न सक्यौं । मेरो विचारमा हामीले थप केही गोल पनि गर्न सक्ने थियौ । तर हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण तथ्य के हो भने हामी समूह विजेता पनि रह्यौं ।’ नेपोलीले इटालीमा भएको खेलमा जेन्कलाई सजिलै ४–० ले हरायो । त्यसमा आर्काडिसुज मिलिकले पहिलो हाफमा ह्याट्रिक गरे । त्यसमध्ये तेस्रो गोल पेनाल्टीमा सम्भव भएको हो । अर्को एउटा गोल ड्रिस मर्टेन्सको नाममा रह्यो ।


खेललगत्तै नेपोलीले आफ्ना प्रशिक्षक कार्लो एन्सेलोट्टीलाई बर्खास्त पनि गर्‍यो । समूह ‘एच’ को आम्सट्रडममा भएको खेलमा भ्यालेन्सियाले अयाक्सलाई १–० ले हरायो । रोड्रिगो मारिनोले निर्णायक गोल गरे । भ्यालेन्सिया अन्तिम १६ मा पुग्न सफल रह्यो । गत सिजन सेमिफाइनल पुग्ने क्रममा सनसनीपूर्ण खेल प्रदर्शन गरेको अयाक्स भने प्रतियोगिताबाट बाहिरिएको छ । घरेलु मैदानमा बेहोरेको हारमा घरेलु खेलाडी र समर्थक दुवै स्तब्ध रहे । यस सिजन राम्रो खेलिरहेको अयाक्सले चेल्सीविरुद्धका दुवै खेलमा जित निकाल्न नसक्नु बाहिरिनुको प्रमुख कारण रह्यो । फ्रान्क लाम्पार्डको चेल्सी दोस्रो स्थानमा रह्यो । अयाक्सभन्दा एक अंक बटुल्ने क्रममा उसले लिलेलाई २–१ ले पन्छायो । इन्टर भने कमजोर आँक्न मिल्ने बार्सिलोनाको हातबाट २–१ ले पराजित रह्यो । इन्टरले जित निकाल्न सकेको भए, अर्को चरणको यात्रा निश्चित हुने थियो । तर समूह ‘एफ’ मा लियोनल मेसीबिनाको इन्टर अझै भाग्यमानी रह्यो ।


१३ औं साग सकिएको भोलिपल्ट बिहीबार दशरथ रंगशालामा सरसफाइ गरिँदै । तस्बिर : इलिट जोशी/कान्तिपुर


बार्सिलोनाले चार्ल्स पेरेजको गोलले अग्रता लिएको थियो, तर रोमेलु लुकालुले बराबरी गोल फर्काए । सब्स्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका अन्सु फाटीले ८६ औं मिनेटमा निर्णायक गोल गरे । यसक्रम उनी सबैभन्दा कम उमेरमा च्याम्पियन्स लिगमा गोल गर्ने खेलाडी भए । उनले १७ वर्ष र ४० दिनमा यो उपलब्धि हात पारेका हुन् । गोल गर्ने कान्छा खेलाडीको कीर्तिमान सन् १९९७ यता घानाका पिटर ओफोरीको नाममा छ ।


इन्टरको भन्दा राम्रो स्थितिमा रहन बोरुसिया डर्टमन्डलाई स्पष्ट जित चाहिएकामा उसले स्लाभिया प्रागलाई २–१ ले हरायो । समूह ‘सी’ बाट नाटकीय रूपमा अर्को चरण प्रवेश गर्न लियोनले दुई गोलले पछाडि रहेको स्थिति उल्टाएर आरबी लेप्जिपलाई २–२ को बराबरीमा रोक्यो । बराबरीका बावजुत पनि लेप्जिप समूहको शीर्षस्थानमै रह्यो । लियोनको दोस्रो स्थानमा रहने स्थिति तयार पार्न लिस्वनले सेन्ट पिटर्सबर्गलाई ३–० ले पराजित गर्‍यो ।

प्रकाशित : मंसिर २६, २०७६ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?