२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

पीपीएल शनिबारदेखि [खेलतालिकासहित]

काठमाडौँ — पोखरा प्रिमियर लिग (पीपीएल) को दोस्रो संस्करण शनिबारदेखि पोखरामा सुरु हुने भएको छ । पुस १२ सम्म चल्ने प्रतियोगितामा विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाण्डू गोल्डेन्स, पोखरा पल्टन र एक्पर्ट धनगढी ब्लुजले प्रतिस्पर्धा गर्नेछन् । शरद भेषावकरको कप्तानीमा रहेको पोखरा पल्टन साबिक विजेता हो । पहिलो संस्करणमा पोखराले चितवनलाई ४ विकेटले हराएर उपाधि जितेको थियो ।

पीपीएल शनिबारदेखि [खेलतालिकासहित]

यसपालि विजेताको हैसियतमा पोखराले शनिबार पहिलो खेलमा काठमाण्डू गोल्डेन्ससँग प्रतिस्पर्धा गर्नेछ । आइतबार विराटनगर र धनगढी तथा काठमाण्डू र बुटवलबीच प्रतिस्पर्धा हुनेछ । चितवनले आफ्नो पहिलो खेलमा पोखरासँग मंसिर ३० मा खेल्ने आयोजक क्विन्स इभेन्टले जनाएको छ ।


प्रकाशित : मंसिर २६, २०७६ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?