कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मैत्रीपूर्ण खेलमा संसद्का कर्मचारी विजयी 

काठमाडौँ — संघीय संसद्का सांसद र सचिवालयका कर्मचारीबीच मंगलबार भएको मैत्रीपूर्ण फुटबलमा कर्मचारीको टिम विजय भएको छ । 

मैत्रीपूर्ण खेलमा संसद्का कर्मचारी विजयी 

दशरथ रंगशालामा मध्याह्न भएको खेलमा कर्मचारी टिमले सांसद टीमलाई ४-० गोलले पराजित गरेको हो । संसद्‍ सेवा दिवस (मंसिर २८ गते) को अवसरमा सांसद र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल आयाेजना गरिएकाे थियाे ।


सांसदका तर्फबाट राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कर्मचारीका तर्फबाट सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले नेतृत्व गरेका थिए ।


रंगशालामा मंगलबार ३ बजे १३औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदकका लागि आयोजक नेपाल र भुटानबीच प्रतिस्पर्धा हुँदैछ ।


प्रकाशित : मंसिर २४, २०७६ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?