साग फुटबलको स्वर्ण प्रतिस्पर्धाअघि रंगशालामा सांसद र कर्मचारी भिड्ने

काठमाडौँ — दशरथ रंगशालामा मंगलबार ३ बजे १३औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदकका लागि आयोजक नेपाल र भुटानबीच प्रतिस्पर्धा हुँदैछ । सोही रंगशालामा आजै १२ बजे संघीय संसद्का सांसद र संसद् सचिवालयका कर्मचारीले मैत्रीपूर्ण फुटबल प्रतिस्पर्धा गर्ने कार्यक्रम छ । सांसद र कर्मचारीहरूले संसद्‍ सेवा दिवस (मंसिर २८ गते) को अवसरमा उक्त मत्रैपूर्ण फुटबल प्रतिस्पर्धा गर्न लागेका हुन् ।

साग फुटबलको स्वर्ण प्रतिस्पर्धाअघि रंगशालामा सांसद र कर्मचारी भिड्ने

सांसदहरूका तर्फबाट राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कर्मचारीहरूका तर्फबाट संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले नेतृत्व गर्नेछन् । संसद् सचिवाललयका सूचना अधिकारी दशरथ धमलाले साग चलिरहेको भए पनि राष्ट्रिय खेलकुद परिषद् र साग सञ्चालन कमिटीसँगको सहकार्यमा नै उक्त खेलको समय मिलाइएको जानकारी दिए । राखेप सदस्य सचिव रमेशकुमार सिलवालसँग सहकार्य गरेर नै समय व्यवस्थापन गरिएको उनले बताए ।

सागको स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्न नेपाली र भुटानी फुटबल टिम २ बजे दशरथ रंगशाला प्रवेश गर्ने कार्यतालिका छ । वार्मअपका लागि दुवै टोली खेल मैदानमा प्रवेश गर्नेछन् । सांसद र कर्मचारीहरूको खेल २ बजे अगाडि नै सम्पन्न गर्ने कार्यतालिका छ ।


प्रकाशित : मंसिर २४, २०७६ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?