कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिला ह्यान्डबल सेमिफाइनलमा

पोखरा — १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत नेपाल महिला ह्यान्डबल टिम सेमिफाइनल प्रवेश गरेको छ । समूह ‘बी’मा रहेको नेपालले लगातार २ खेल जित्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।

पोखरा रंगशाला बहुउद्देश्यीय कभर्ड हलमा भएको दोस्रो खेलमा बिहीबार नेपालले बंगलादेशलाई २६–२४ ले हराउँदै जित हात पार्‍यो । नेपालका लागि उमा राईले सर्वाधिक ८ गोलको योगदान दिइन् । उनले ७ गोल पेनाल्टीबाट गरेकी हुन् । नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकालाई २९–१९ ले हराएको थियो ।


पुरुष ह्यान्डबलमा भने नेपाल बाहिरिएको छ । लिग चरणमा लगातार दुई खेलमा पराजय ब्यहोरेपछि नेपाल बाहिरिएको हो ।


बिहीबारको खेलमा नेपाल पाकिस्तानसँग ४३–१९ अन्तरले पराजित भयो । यसअघि नेपालले पहिलो खेल श्रीलंकासँग गुमाएको थियो । समूह ‘बी’ मा पाकिस्तानले पहिलो खेलमा जित निकाल्दै ३ अंक जोडेको छ ।


पाकिस्तानले शुक्रबार श्रीलंकासँग खेल्नेछ । मोहम्मद जुबेरले पाकिस्तानका लागि सर्वाधिक १० गोल गरे । नेपालका कप्तान विशाल बस्नेतले टोलीका लागि सर्वाधिक ५ गोल गरे ।

प्रकाशित : मंसिर १९, २०७६ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?