कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लिभरपुल अग्रता बढाउँदै

(एजेन्सी)

लन्डन — लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शनिबार लिग तालिकाको शीर्ष स्थानमा ११ अंकको अग्रता खोलेको छ । दिनका अन्य खेलका नतिजा भने उसको अनुकूल रह्यो ।

लिभरपुलले आफ्नो घरेलु मैदानमा ब्राइटनलाई २–१ ले हरायो । त्यसमा भर्जिल भान डायकले दुई गोल गरे । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी भने न्युकालसविरुद्धको खेलमा २–२ को बराबरीमा रोकियो ।


यस्तै चेल्सी वेस्ट ह्यामको हातबाट १–० ले पराजित रह्यो । जोसे मोउरिन्होको टोटनहमले भने बर्नमाउथलाई ३–२ ले पराजित गर्न सफल रह्यो ।

प्रकाशित : मंसिर १५, २०७६ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्

बारागढी १ को अध्यक्षमा समाजवादीका उम्मेदवार विजयी 

कान्तिपुर संवाददाता

बारा — जिल्लाको बारागढी गाउँपालिका-१ मा समाजवादीका सुरेश यादव ७४९ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपाका शंकर चौधरीले ६७२ मत ल्याए ।

कांग्रेसका तिस्विरिया थरूनीले ४७१ मत ल्याइन् । वडाका कांग्रेसबाट विजयी नन्दलाल थारूको मृत्यु भएपछि उपनिर्वाचन भएको हो । नन्दलालको मृत्युपछि कांग्रेसले उनकी पत्नी तिस्विरियालाई उम्मेदवार बनाएको थियो ।

प्रकाशित : मंसिर १५, २०७६ ०८:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×