२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

१३ औँ साग : भलिबलमा ऐतिहासिक जित, कम्तीमा रजत पदक पक्का

काठमाडौँ — नेपाली महिला भलिबल टिम सोझो तीन सेटमा शनिबार श्रीलंकालाई पराजित गर्दै १३ औं दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा प्रवेश गरेको छ । पहिलोपल्ट सागको फाइनलमा पुगेसगै नेपालले कम्तीमा रजतपदक पक्का गर्‍यो ।

१३ औँ साग : भलिबलमा ऐतिहासिक जित, कम्तीमा रजत पदक पक्का

राष्ट्रिय खेलकुद परिषदको त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको सेमिफाइनलमा नेपाली टिमले उत्कृष्ट प्रदर्शन गर्दै २५–१४, २५–१८, २५–२१ को जित हात पारेको हो । नेपालले मंगलबार हुने फाइनलमा भारतको सामना गर्नेछ । डिफेन्डिङ च्याम्पियन भारतले सेमिफाइनलमा माल्दिभ्समाथि एकतर्फी जित रचेको थियो ।

नेपालले सन् १९९८ मा काठमाडौंमा भएको आठौं संस्करण, कोलम्बो साग २००६ र तीन वर्षअघि गुवहाटी–सिलोङमा सम्पन्न १२ औं सागमा कांस्यपदक जितेको थियो । यसपाली फाइनल प्रवेश गरेसँगै नेपालले कम्तीमा रजतपदक पक्का गर्दै हालसम्मकै सबभन्दा ठूलो उपलब्धि निश्चित गर्‍यो ।


प्रकाशित : मंसिर १४, २०७६ २२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?