कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सप्तरी च्याम्पियन

शिव पुरी

(रौतहट) — सप्तरीले सर्लाहीलाई ४७ रनले हराउँदै बिहीबार चन्द्रनिगाहपुरमा भएको प्रदेश २ स्तरीय ट्वान्टी–२० क्रिकेटको उपाधि हात पारेको छ । सप्तरीले एकलाख रुपैयाँ जितेको छ । उपविजेता सर्लाहीले ५० हजार पायो ।

सप्तरी च्याम्पियन

सन्तदास र रामकुमार स्मृति प्रदेशस्तरीय नकआउट क्रिकेटमा टस हारेको सप्तरीले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २६ रन जोडेको थियो । आशिष झाले ३४, कप्तान महबुब आलमले २४ र विकास दासले २८ रन बनाए ।

१ सय २७ रनको लक्ष्य पाएको सर्लाहीले खराब सुरुआत गरेको थियो । टिमले १९ ओभर खेल्दै ८० रनमात्र बनायो । राजेश पुलामी मगरले ३१ बलमा २१ रन जोडे । सम्साद आलमले ७ रनमात्र बनाए । सप्तरीका महबुब आलमले ४ विकेट लिए । उपेन्द्र रोयले ३ विकेट पाए । सप्तरीका विवेक यादव उत्कृष्ट ब्याट्सम्यान भए । महबुब उत्कृष्ट बलर चुनिए । सर्लाहीका सन्दीप खड्का सर्वोत्कृष्ट फिल्डर बने ।


प्रदेश २ मा पहिलो पटक ठूलो क्रिकेट प्रतियोगिता भएको संयोजक देवराज काकीको दाबी थियो । फाइनल खेल्न दर्शकको भिड लागेको थियो ।

प्रकाशित : मंसिर १३, २०७६ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?