कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मोउरिन्हो टोटेनहममा

(एएफपी)

लन्डन — टोटेनहमको व्यवस्थापकका रूपमा अवसर पाएका छन् जोसे मोउरिन्होले । यससँगै उनले इंग्लिस प्रिमियर लिगमा पुनरागमन पनि रचेका छन् । पूरा युरोपभर उनी एकपछि अर्को क्लबका लागि विजेता प्रशिक्षक हुन् । म्यानचेस्टर युनाइटेडका लागि उनले बिताएका केही अन्तिम साताले भने त्यो छवि धमिलो भएको छ । सन् २००४ मा उनले चेल्सी आउँदा आफैंले भनेका थिए, ‘स्पेसल वान’ । जतिबेला उनले डिसेम्बरमा ओल्ड ट्राफोर्ड छाडे । उनको भविष्य अन्धकार जस्तै थियो । 

मोउरिन्हो टोटेनहममा

तर यिनै मोउरिन्होले फेरि एकपल्ट मौका पाएका छन् । यो अवसर बनेको छ, उनका आलोचकलाई गलत साबित गर्ने । उनले यस्तो क्लबको अवसर पाएका छन्, जसले सन् २००८ यता कुनै पनि उपाधि जित्न सकेका छैन । तर उनीसामु अवसर पर्याप्त छ, जस्तो टोटेनहमसँग नयाँ रंगशाला छ अनि त्यसलाई सुहाउँदो टिम । आखिरमा टोटेनहमले अहिलेका खेलाडी मदतले नै गत सिजनको युरोपेली च्याम्पियन्स लिगको फाइनल यात्रा तय गरेको थियो ।


‘म निकै खुसी छु किनभने मैले यति धेरै लामो इतिहास र परम्परा भएको क्लबसँग आवद्ध भएको छु । क्लबका समर्थक पनि उत्तिकै छन्,’ ५६ वर्षीय मोउरिन्होले क्लबको जिम्मा पाएपछि भने । यसअघिका व्यवस्थापक माउरियो पोचेटिनो बर्खास्तमा परेको केही घण्टापछि नै मोउरिन्होको नाम अगाडि आएको हो । मोउरिन्होले थपेका छन्, ‘टिम र क्लबको एकेडेमी जस्तो छ, त्यसले मलाई उत्साह बनाएको छ । यी खेलाडीसँग काम गर्न पाउने अवसरले म यहाँ आकर्षित भएको हुँ ।’ च्याम्पियन्स लिग विजेता रहेको पोर्टो छाडेर मोउरिन्हो चल्सी आएयता इंग्लिस प्रिमियर लिगमा उनको प्रभाव निकै छ । उनले रोमन इब्राहिमोभिचको चेल्सीलाई उनले ठूलो उडान दिए । चेल्सीले नै प्रिमियर लिगमा आर्सनल र म्यानचेस्टर युनाइटेडको दोहोरो प्रभुत्व समाप्त पारे । चेल्सी आएलगत्तै क्लबले प्रिमियर लिग उपाधि जित्यो । लगत्तै उनले अर्को सिजन लिग जिते । त्यसयता उनको चेल्सीसँग खराब सम्बन्ध सुरु भयो । उनी लागे इन्टर मिलानतर्फ ।


इन्टरले त्यो सिजन गज्जब उपलब्धि हात पार्न सफल रह्यो । इटालीमा एकै सिजन तीन ठूला उपाधि जित्ने टिम बन्यो इन्टर । लिग, कप र च्याम्पियन्स लिग जितेर । त्यसपछि उनको गन्तव्य रह्यो रियल म्याड्रिड । त्यहाँ उनको पेप ग्वार्डिओलाको बार्सिलोनासँग भिडन्त भयो । यसबीच पनि रियलले सन् २०१२ मा लिग जित्यो ।


उनको रियलले युरोपमा त्यस्तै सफलता दोहराउन सकेन । उनको रियल लगातार तीन वर्ष सेमिफाइनलबाटै बाहिरियो ।


सन् २०१३ मा उनी फेरि चेल्सी आए र त्यतिबेला उनले आफूले आफैंलाई भने, ‘ह्याप्पी वान’ । यसक्रममा उनले तेस्रोपल्ट लिग उपाधि जिते । अर्को सिजन टिमको प्रदर्शन खराश रह्यो र परे बर्खास्तीमा ।


म्यानचेस्टर आएयता उनले लिग त जित्न सकेनन्, तर युरोपा लिग र लिग कप भने हात पारे । त्यहाँ पनि उनी बर्खास्तीमै परे । टोटेनहममा उनको भविष्य कस्तो हुनेछ त ? यी सबैको उत्तर अबको केही दिनमा प्राप्त हुनेछ ।


प्रकाशित : मंसिर ५, २०७६ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?