१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

एमसीसी र एमसीए फाइनल भिड्ने

मकवानपुर — हेटौंडामा जारी अष्टलक्ष्मी स्मृति टी–२० जेसिज कप क्रिकेटको फाइनलमा हेटौंडाका चर्चित दुई क्लब मकवानपुर क्रिकेट क्लब (एमसीसी) र मकवानपुर क्रिकेट एकेडेमी (एमसीए) भिड्ने भएका छन् । 

हेटौंडा–४ स्थित लोकतान्त्रिक मैदान हुप्रचौरमा जारी प्रतियोगितामा एमसीएले आयोजक हेटौंडा जेसिजलाई ७ विकेट र एमसीसीले महावीर क्लबलाई ३ विकेटले पराजित गर्दै फाइनल सुरक्षित गरे । आयोजकले २० ओभरमा सम्पूर्ण विकेट गुमाई १ सय २३ रन बनायो । त्यसलाई एमसीएले १८ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो । महावीरले २० ओभरमा अलआउट हुँदै ९८ रन बनायो । एमसीसी ७ विकेट गुमाई १८ औं ओभरमा पूरा गर्न सफल भयो ।


आयोजक जेसिजको तर्फबाट सागर थापाले ४० र निश्चल रोक्काले ३३ रन बनाए । एमसीएका विपुल खनालले ६ विकेट लिए । एमसीएका रवि शाहले ५१ र हरि चौहानले ३६ रन बनाए । जेसिजका किस ढुंगेलले २ विकेट लिए पनि हार टार्न भने सकेनन् । ६ विकेट लिएका विपुल म्यान अफ द म्याच घोषित भए । महावीरका सुवेल भट्टले २५ र अनिलकुमार शाहले १८ रन जोडे । एमसीसीका प्रेम क्षेत्रीले ३ विकेट लिए । एमसीसीलाई जित दिलाउने क्रममा रविन गुरुङले २६ र सैफुल्ला खानले २० रन जोडे । सैफुल्ला म्यान अफ द म्याच घोषित भए । फाइनल बिहीबार हुनेछ ।


प्रकाशित : मंसिर ५, २०७६ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?