कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

एपीएफ क्वाटरफाइनलमा

काठमाडौँ — गोलरक्षक अमृत चौधरीले दुई पेनाल्टी रोकेपछि नेपाल एपीएफ क्लबले संकटा क्लबलाई पराजित गर्दै तेस्रो चन्द्रागिरि मेयर गोल्डकप फुटबलको क्वाटरफाइनल पक्का गरेको छ । 

एपीएफले पेनाल्टी सुटआउटमा ४–२ को जित पाएको थियो । निर्धारित समयको खेल १–१ बराबरीमा टुंगिएपछि निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । एपीएफका सुदीप सिख्र्राकार, नवीन लामा, आशिष लामा र राजीव लोप्चनले गोल गरे । संकटाका कप्तान अमित तामाङ र क्षितिजराज जिटीले गोल गरे भने मासऔके पिएरे र रोमन लिम्बुको प्रहार गोलरक्षक अमृतले रोकिदिए ।


नैकाप फुटबल मैदानमा मंगलबार एपीएफले ३२ औं मिनेटमा सन्तोष नेपालीको गोलबाट अग्रता बनाएको थियो । सुदीपको पासमा सन्तोषले पेनाल्टी बक्सभित्रबाट गरेको सशक्त प्रहार गोलरक्षक विनय श्रेष्ठले रोक्ने मौका पाएनन् । संकटाका कप्तान अमितले इन्ज्युरी समयमा गोल गर्दै खेल बराबरी गरेका थिए ।


एपीएफका गोलरक्षक अमृत चौधरी म्यान अफ द म्याच घोषित भए । उनले ५ हजार रुपैयाँ पाए ।


एपीएफले शनिबार सेमिफाइनल पुग्नका लागि सरस्वती युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । बिहीबार क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुने छ । १२ टिमले भाग लिइरहेको प्रतियोगिता विजेताले ६ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छ ।

प्रकाशित : मंसिर ४, २०७६ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?