२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

नेपाल कुवेतसँग पराजित

काठमाडौँ — फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले कुवेतसँगको होम म्याचमा १-० गोलअन्तरको पराजय ब्यहोरेको छ । यो हारले विश्वकपको तेस्रो चरण तथा एसियन कपमा छनोटको सम्भावना न्यून बनेको छ । भुटानको चाङलिमिन्थाङ रंगशालामा नेपालले पहिलो हाफमै गोल खाएको थियो । 

नेपाल कुवेतसँग पराजित

पुनर्निर्माणको चरणमा रहेको दशरथ रंगशालामा खेल गर्न एसियाली फुटबल महासंघले स्वीकृति नदिएपछि अखिल नेपाल फुटबल संघ एन्फाको प्रस्तावमा कुवेतसँगको होम म्याच भुटानमा खेलाइएको हो ।


खेलको २८ औं मिनेटमा कुवेती कप्तान बादर अल अल्मोतोबाले बक्स बाहिरबाट शानदार गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यही गोल ३ अंकका लागि निर्णायक बन्यो ।


यसअघि गएको भदौमा कुवेतमा खेलिएको पहिलो खेलमा नेपाल ७–० को फराकिलो अन्तरले पराजित भएको थियो ।


छनोट प्रतियोगिताको समूह बी बाट नेपालले ५ खेलमा एक खेलमा मात्र जित निकालेको छ । चाइनिज ताइपेइबिरुद्धको अवे खेल नेपालले २–० ले जितेको थियो । त्यसयता सबै खेलमा पराजित भएको छ ।

प्रकाशित : मंसिर ३, २०७६ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?