त्रियोगलाई दुई स्वर्ण

काठमाडौँ — त्रियोगका दिप्सन बस्नेतले एमआईएस कप–२०१९ अन्तर्गत टेबलटेनिस १२ कक्षामुनि छात्रतर्फको उपाधि जितेका छन् । फाइनलमा उनले सैनिक स्कुलका योगेन्द्रबहादुर पाललाई ३–१ को सेटमा हराए । छात्रातर्फ स्वर्णिमकी आभा पन्तले आफ्नै स्कुलकी स्मृति पन्तलाई ३–१ को सेटमा हराएर स्वर्ण जितिन् । 

टेबलटेनिसकै ८ कक्षामुनिको छात्रातर्फ त्रियोगकी प्रत्याशा थापाले स्वर्णिमकी कृपा महर्जनलाई हराएर स्वर्ण जितिन् । छात्रतर्फ आयोजक मोर्डन इन्डियनका हर्षित केसीले प्रसन्न दाहाललाई ३–२ को सेटमा पराजित गरी स्वर्ण जिते । फुटबलतर्फ सोमबार जेम्सले त्रियोगलाई ७–० ले पराजित गर्दा जेम्सका राज अग्रहरीले ह्याट्रिक गरे । बूढानीलकण्ठविरुद्ध पेनाल्टी शुटआउटमा लिटिल एन्जल्स ३–१ ले विजयी भयो । विजेता दुवै टोली सेमिफाइनल पुगे ।


बास्केटबलतर्फ चाँदबागले लिटिल एन्जल्सलाई २७–२४ र केएमसीले बूढानीलकण्ठलाई २२–१५ ले हराए । एमआईएस कपमा टेबलटेनिस, फुटबल र बास्केटबलमा १२ स्कुलका ३ सय ५० भन्दा बढी खेलाडीले भाग लिएका छन् ।


प्रकाशित : मंसिर ३, २०७६ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?