नेपाल एसीसी इमर्जिङ टिम्स कपको समूह चरणबाट बाहिरियो

काठमाडौँ — एसीसी इमर्जिङ टिम्स कपमा नेपालले दोस्रो हार ब्यहोरेको छ । ढाकाको क्रिरा शिख प्रोस्टिस्थान नम्बर ४ मैदानमा सोमबार भएको खेलमा बंगलादेशसँग ८ विकेटको हारपछि नेपाल समूह चरणबाट बाहिरिएको हो । टस हारेर ब्याटिङ गरेको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाएर १३८ रन बनाएबो थियो ।

नेपाल एसीसी इमर्जिङ टिम्स कपको समूह चरणबाट बाहिरियो

१३९ रनको विजय लक्ष्य लिएर आएको बंगलादेशले २४ ओभरमा २ विकेट गुमाउँदै १४० रन बनायो । बंगलदेशका नजमुल हसनले ५६ बलमा ५९ रन बनाए भने ओपनर मोहम्मद नाइमले ४५ रन बटुले ।


नेपालका सुशन भारी र करण केसीले १/१ विकेट लिए ।


नेपालको इनिङमा ओपनरद्वय कप्तान ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरे । मल्ल २२ रनमा आउट भए । भुर्तेलले १० रन बनाए । त्यसपछि नेपालले लगातार विकेट गुमायो र ८५ रन जोड्दा ८ विकेट विकेट झरेको थियो । नेपालका ५ ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।


सोमपाल कामी र करण केसीले ५० रनको महत्वपूर्ण साझेदारी गरे । करण १८ रनमा आउट भए । सोमपालले ३८ रन हिर्काए ।


बंगलादेशका सुमोन खान र मिनाहाजुल अब्दिन अफ्रिदीले नेपालको ३/३ विकेट लिए ।


नेपालले यसअघि हङकङलाई हराएको थियो भने भारतसँग पराजित भएको थियो ।

प्रकाशित : मंसिर २, २०७६ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?