कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पाँचपोखरी सुपर–८ क्रिकेट हुने

काठमाडौँ — सिन्धुपाल्चोकको पाँचपोखरीमा मंसिर ११ देखि १४ गतेसम्म सुपर–८ क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । पाँचपोखरी क्रिकेट क्लबको आयोजनामा हुने प्रतियोगिताको यो तेस्रो संस्करण हो ।

पाँचपोखरी सुपर–८ क्रिकेट हुने

पाँचपोखरी थाङपाल गाउँपालिकामा जन्भिएका पारा ओलम्पियन जितबहादुर खड्काको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो ।


आयोजकले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दियो । प्रतियोगितामा १२ टिमको सहभागिता रहनेछ । ४ समूहमा विभाजन गरी खेलाइने लिग चरणमा शीर्ष दुई टिम क्वाटरफाइनलमा पुग्नेछन् ।


प्रतियोगिताको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताका लागि ११ लाख बजेट अनुमान गरिएको छ ।


प्रतियोगितामा एक जना उत्कृष्ट खेलाडीलाई नेक्सस क्रिकेट एकेडेमीले भारतमा प्रशिक्षणको व्यवस्था मिलाउनेछ भने अन्य ३ उत्कृष्ट खेलाडीलाई पनि काठमाडौंमा रहेको ग्रेट हिमालय क्रिकेट एकेडेमीले प्रशिक्षण गराउनेछ ।

प्रकाशित : मंसिर २, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?