टी–२० क्रिकेट सुरु

मकवानपुर — २२ औं संस्करणको अष्टलक्ष्मी शाक्य स्मृति जिल्लास्तरीय टी–२० क्रिकेट प्रतियोगिता आइतबारबाट हेटौंडामा सुरु भएको छ ।

पहिलो दिनमा मकवानपुर क्रिकेट एकेडेमी र महाबिर क्रिकेट क्लब विजयी भए । मकवानपुरले भ्याब्सन क्रिकेट क्लबलाई ५ विकेट र महावीरले आयोजक हेटौंडा जेसिजलाई ५० रनले पराजित गरेको हो ।


टस जितेको भ्याब्सले निर्धारित २० ओभरमा अलआउट हुँदै तयार गरेको एक सय ११ रनको लक्ष्य एकेडेमीले १५ ओभरमा पूरा गर्‍यो । राजीव यादवले ३१ र विशाल फुयाँलले २२ रन बनाए । म्यान अफ द म्याच राजीव यादव घोषित भए । यसैगरी टस जितेर पहिला ब्याटिङ गरेको महावीरले २ विकेट गुमाई १ सय ६५ रन बनायो । आयोजक १ सय २५ रनमा समेटियो । म्यान अफ द म्याच महावीरबाट ६५ रन बनाएका गौरव खड्का घोषित भए ।


६ टोली सहभागी प्रतियोगिताको फाइनल खेल मंसिर ५ गते हेटौंडा–४ स्थित लोकतान्त्रिक मैदान (हुप्रचौर) मा हुनेछ ।

प्रकाशित : मंसिर २, २०७६ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?