संगमलाई उपाधि

रूपन्देही — सुनौलो संगम युवा क्लबले ज्ञानबहादुर गुरुङको स्मृतिमा आयोजित चौथो सयपत्री नकआउट फुटबलको उपाधि जितेको छ । शनिबार फाइनलमा फर्साटिकर युवा क्लबलाई १–० गोलले पराजित गरेको हो ।

रामनगर मैदानमा फर्साटिकरका आकाश रानाले आत्मघाती गोल गरे । संगमका मोहन थापा सर्वोत्कृष्ट भए ।


सुनौलोका कान्छा गुरुङ स्ट्राइकर, युगल थापा गोलकिपर, आशिष गुरुङ रक्षक, फर्साटिकरका ध्रुव राई मिडफिल्डरमा उत्कृष्ट भए । सुनौलोले २ लाख २ हजार र फर्साटिकरले १ लाख १ हजार रुपैयाँ पुरस्कार पाए ।


प्रकाशित : मंसिर १, २०७६ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?