कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

पुरुषतर्फ सुमन कुलुङले जिते एभरेष्ट ट्रेल रेस

महिलातर्फ स्पेनकी अन्ना प्रथम
कुम्भराज राई

ओखलढुंगा — १ सय ७० किलोमिटर लामो एभरेष्ट ट्रेल रेस नवौं संस्करणको पुरुष तर्फको उपाधि नेपाली धावक सुमन कुलुङ राईले जितेका छन् । सोलुखुम्बुको पत्तालेबाट छ दिन अघि शुरु भएको ट्रेल रेस शनिबार लुक्लामा समापन भएको हो । सुमनले रेसको दुरी २० घण्टा ५१ मिनेट ३६ सेकेन्डमा पुरा गरे ।

पुरुषतर्फ सुमन कुलुङले जिते एभरेष्ट ट्रेल रेस

त्यसैगरी महिला तर्फको उपाधि भने स्पेनकी धाविका अन्ना कोम्याटीले जितेकी छन् । उनले निर्धारित दुरी २६ घण्टा २० मिनेट ५६ सकेन्डमा पुरा गरिन् । यस्तै पुरुष तर्फको उपविजेता स्पेनकै मोरालेस जेर्राड भए । उनले २३ घण्टा २८ मिनेट २९ सेकन्डमा दुरी पार गरे । नर्वेका सेडस्रोड ह्यान्डस तेश्रो भए । उनले २३ घण्टा ५४ मिनेट १३ सेकेन्डमा निर्धारित दुरी पार गरे ।

महिला तर्फको उपविजेता ब्राजिलकी अन्ना कोमाटी भइन् । उनले २९ घण्टा २९ मिनेट ५ सेकेन्डमा निर्धारित दुरी पार गरिन् । स्पेनकी नुरिआ डोमिनिक्स तेश्रो भइन् । उनले ३० घण्टा ३ मिनेट ४६ सेकेन्ड लगाइन् ।

पुरुष विधाका विजेता कुलुङ सोलुखुम्बु गुदेलका स्थायीवासी हुन् । उनले यसअघि एभरेष्ट म्याराथन दुईपटक जितेका थिए । ट्रेल रेसको उपाधि जित्ने सपना यसपाली पुरा भएको उनले बताए । गतवर्ष सहभागी भएपनि उनले उपाधि जित्न सकेका थिएनन् ।

ट्रेल रेसका विजेताहरुलाई सोमबार राजधानीमा विशेष कार्यक्रमका बिच पुरस्कार वितरण गरिने आयोजक संस्था अन्नपूर्ण ट्रेक्स एण्ड एक्सपीडिशनका कार्यकारी निर्देशक कामी शेर्पाले बताए ।

एभरेष्ट ट्रेल रेसका नवौं संस्करणको उपाधि विजेता सुमन कुलुङ राई । तस्बीर : कुम्भराज राई/कान्तिपुर


प्रकाशित : कार्तिक ३०, २०७६ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?