कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

ह्यान्डबल टोली वैदेशिक प्रशिक्षणमा

कान्तिपुर संवाददाता

काठमाडौँ — १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि तीन महिनादेखि पोखरामा प्रशिक्षणमा रहेको राष्ट्रिय ह्यान्डबलको दुवै टोली (महिला र पुरुष) वैदेशिक प्रशिक्षणमा गएका छन् ।

पुरुष टोलीले भारतको चण्डीगढस्थित पटियालामा प्रशिक्षण गर्नेछ भने महिला टोली थाइल्यान्डको बैंकक गएको छ । पोखरा रंगशालामा बिहीबार दुवै टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले बिदाइ गरे । १३ औं सागमा पदक जित्ने खेलाडीलाई कम्तीमा एक तोला सुनको पदक दिई हौसला बढाउन आफ्नो तर्फबाट पहल रहने बताए ।


नेपाल ह्यान्डबल संघका अध्यक्ष तथा एनओसीका उपाध्यक्ष तेज गुरुङले बैंककमा महिला टोलीले विश्वविद्यालय टिमसँग मैत्रीपूर्ण म्याच खेल्ने जानकारी गराए । दुवै टोली मंसिर १२ मा स्वदेश फर्कने कार्यक्रम छ । १३ औं सागमा ह्यान्डबल मंसिर १७ देखि पोखरा रंगशालास्थित कभर्डहलमा हुनेछ । त्यसमा ६ राष्ट्रकाको सहभागिता रहनेछ । पुरुष खेलाडीमा विशाल बस्नेत (कप्तान), दिनेश श्रेष्ठ, विशाल नेपाली, दिपकसिं बोहोरा, सन्दीप कार्की, रणसिं रावत, इन्द्रनारायण चौधरी, मदन चुनारा, श्रीबहादुर सिंजाली, यमबहादुर पुन, आशिष अधिकारी, केशव विष्ट, सरोज सिंह, सन्तोष श्रेष्ठ, हेमन्त थापा र शरण थापा छन् ।


महिलामा रन्जना राई (कप्तान), बबिता श्रेष्ठ, अर्चना न्यौपाने, संगीता चौधरी, कविता राई, वन्दना राई, दुर्गा बोहरा, शान्तिकला राई, झिनमाया थापा, आइताल्हामु शेर्पा, रामकुमारी चौधरी, शारदा विक, कल्पना वली, उमा राई, निशा राई र देव कुमारी बाँस्कोटा छन् । दुवै टोलीका म्यानेजरमा जीवन बस्नेत र शान्ति थापा वैद्य, विदेशी प्रशिक्षक जोआ फ्लोरेन्सियो, वरिष्ठ प्रशिक्षक अरुणलाल कर्ण, कृष्ण शाक्य, टेकबहादुर परियार र विन्दा थापा छन् ।

प्रकाशित : कार्तिक २९, २०७६ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?