१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

भारतको प्रभावशाली बलिङ

(एएफपी)

इन्दोर — मोहम्मद सामीले प्रभावशाली बलिङ गरेपछि भारत र बंगलादेशबीचको पहिलो टेस्टको पहिलो दिन घरेलु टिमको नाममा रह्यो । उनले प्रभावशाली बलिङ गर्दै ३ विकेट लिएपछि बंगलादेश आफ्नो पहिलो इनिङ्समा १ सय ५० रनमै समेटियो । दिनको खेल टुंगिँदा भारतले एक विकेट लिएर ८६ रन बनाएको छ । 

भारतको प्रभावशाली बलिङ

भारतका एक्लो ब्याट्सम्यानमध्ये रोहित शर्मा ६ रन बनाएर आउट भए । उनी अबु जावेदको बलमा आउट भए । भारतका अर्का प्रारम्भिक ब्याट्सम्यान मायंक अग्रवाल ३७ रन बनाएर खेलिरहेका छन् । उनलाई साथ दिइरहेका चेतेश्वर पुजाराले ४३ रन बनाए । उनीहरूले दोस्रो विकेटमा ७२ रनको साझेदारी गर्दै खेललाई दोस्रो दिन पुर्‍याएका छन् । सामीलाई बलियो साथ दिँदै तीव्र गतिका बलर इशान्त शर्मा र उमेश यादवले २–२ विकेट लिए । मुस्फिकर रहिमले मात्र बंगलादेशका लागि केही सुदृढ प्रदर्शन गर्ने प्रयास गरे । उनले ४३ रन बनाए । तर सामीले लगातार बलमा विकेट लिँदै बंगलादेशका पुछारका ब्याट्सम्यानलाई टिक्न दिएनन् ।


उनले मुस्फिकरलाई बोल्ड गरेयता मेहदी हसनलाई एलबीडब्लू आउट पारे । हसन आउट भएपछि अम्पायरले चाँडै चिया सेसनको निर्णय गरे । इशान्तले भने अर्को सेसनको पहिलो बलमै लिटन दासलाई २१ रनमा आउट पारे । तैजुल इस्लामले सामीको ह्याट्रिक गर्ने सपना तुहाउने काम गरेपछि उनी आफैं भने एक रन बनाएर रनआउट भए । उमेशले इबादत हुसेनलाई आउट पार्दै बंगलादेशको पहिलो इनिङ्सलाई ५८.३ ओभरमै पूर्णविराम लगाए ।


तीनै बलरले बिहानी सेसनमा एक एक विकेट लिए । त्यसपछि बंगलादेशका लागि मुस्फिकर र कप्तान मोमिनुल हकले चौथो विकेटमा ६८ रनको साझेदारी गरे । यो साझेदारीलाई तोड्ने काम स्पिनर रविचन्द्रन अश्विनले गरे । उनले मोनिनुललई ३७ रनको व्यक्तिगत स्कोरमा आउट पारे । भारतीय भूमिमा रविचन्द्रनको यो २ सय ५० औं टेस्ट विकेट हो । उनले महमुदुल्लाहलाई पनि आउट पारे । सुरुआती तीन ओभरमा कुनै रन जोड्न असफल बंगलादेशले इमरुल केयसका रूपमा पहिलो विकेट गुमायो । बंगलादेशले यसअघि तीन खेलको ट्वान्टी–२० सिरिज २–१ ले गुमाएको थियो ।


प्रकाशित : कार्तिक २९, २०७६ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?