कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

नेपाल अन्तर्राष्ट्रिय च्यालेन्ज ब्याडमिन्टन : नेपालको आशा समाप्त

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली खेलाडी दीपेश धामी र विष्णु कटुवालले योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय च्यालेन्ज ब्याडमिन्टनमा अघिल्लो दिनको लय कायम गर्न सकेनन् ।प्रतियोगिता सहभागी सबै खेलाडी दोस्रो दिनभन्दा अगाडि बढ्न सकेनन् । सबै पराजित भए । 

नेपाल अन्तर्राष्ट्रिय च्यालेन्ज ब्याडमिन्टन : नेपालको आशा समाप्त

त्रिपुरेश्वरस्थित कभर्डहलमा बिहीबार दीपेश भियतनामका साव सुङ फामसँग २१–१३, १७–२१, २१–४ को सेटमा पराजित भए । फाम च्याम्पियनसिपका छैटौं वरीयताप्राप्त खेलाडी हुन् ।


बिष्णु भने दक्षिण कोरियाका यु जिन सोनसँग २३…–२१, २१–१७ ले पराजित भए ।


वाकओभर पाएर दोस्रो चरण पुगेका नवीन श्रेष्ठ भारतका सहर्ष मोहनलसँग २९–२७, २१–१८, २१–१८ को संघर्षपूर्ण सेटमा पराजित भएका थिए । महिला एकलमा सीता राई थाइल्यान्डकी पर्नतिप बुरानाप्रसेर्तुकसँग २१–३, २१–४ ले पराजित भइन् । सीताले पहिलो खेलमा भुटानकी फुन्सो चोदेन थिङलाई २१–१८, २१–१७ ले हराएकी थिइन् । नीता लम्साल दोस्रो चरणमा भारतकी मुग्धा आग्रेसँग २१–४, २१–११ को सेटमा हारिन् ।


मेन्स डबल्समा जीवन आचार्य र सुनील जोशीको जोडी जापानका सोतारो इनामित्सु र रिकी ताकेईको जोडीसँग २१–१०, २१–११ ले, दीपेश धामी र रत्नजित तामाङको शीर्ष जोडी थाइल्यान्डका रत्तनपाक अपथङ र नान्थाकर्न योर्दफाईसोङसँंग २१–१२, २१–११ ले, विजित थापामगर र बिष्णु कटुवालको जोडी कोरियाका ना सुङ सिउङ र वाङ छानको जोडीसँग २१–१२, २१–११ ले तथा विकास श्रेष्ठ र नवीन श्रेष्ठको जोडी अस्ट्रेलियाका सिमोन विङ हाङ ल्युङ र मिचेल ह्विलरको जोडीसँग २१–१२, २१–१४ ले पराजित भए ।


मिक्स डबल्समा रत्नजित र अनुमाया राईको जोडी कोरियाका वाङ छान र सिउङ मिन किमको जोडीसँग २१–१६, २१–८ ले पराजित भयो । विकास र सीता राईको जोडीले भारतका बी सुमित रेड्डी र कुहु गर्गको जोडीलाई २१–१४, २१–१२ ले खेल सुम्पे । विजित र पूजा श्रेष्ठको जोडी अस्ट्रेलियाका सिमोन विङ र ग्रोन्या सोमरभिलसँग २१–१६, २१–८ ले पराजित भएको थियो ।


प्रकाशित : कार्तिक २९, २०७६ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?