कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

क्रिकेटको दुवै टोली घोषणा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि क्रिकेटको पुरुष र महिला टोली घोषणा गरेको छ । बंगलादेशको ११ औं सागमा पहिलोपल्ट क्रिकेट समावेश गरिएको थियो । त्यसयता क्रिकेट यसपालिको सागमा राखिएको हो ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहने नेपाली पुरुष टोलीमा दीपेन्द्रसिंह ऐरी (उपकप्तान), पारस खड्का, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, विनोद भण्डारी, अविनाश बोहरा, सुसन भारी, कुशल भुर्तेल, सन्दीप जोरा, आरिफ शेख, पवन सर्राफ, ललितनारायण राजवंशी, रशिद खान छन् । मध्यम गतिका बलर रशिद पहिलोपल्ट राष्ट्रिय टोलीमा परेका हुन् । रोहितकुमार पौडेल, भीम सार्की र सागर ढकाललाई वैकल्पिकमा राखिएको छ । टोली प्रशिक्षकमा उमेश पटवाल छन् ।


त्यस्तै रुबिना क्षेत्रीको कप्तानीमा रहने नेपालको १५ सदस्यीय महिला टोलीमा सीता रानामगर (उपकप्तान), इन्दु वर्मा, काजोल श्रेष्ठ (विकेटकिपर), करुणा भण्डारी, अप्सरी बेगम, सोनु खड्का, सरस्वती चौधरी, ममता चौधरी, अन्जली चन्द, सरिता मगर, शान्ति खतिवडा, रोमा थापा, डली भट्ट, कविता कुँवर छन् ।


ज्योति पाण्डे, संगीता राई र अस्मिना कर्माचार्यलाई वैकल्पिकमा राखिएको छ । खेलाडीको प्रदर्शन, अनुशासन, विगतको अन्तर्राष्ट्रिय प्रदर्शन, फिटनेस र व्यक्तिगत आचरणको हिसाबमा टोली छनोट गरिएको मुख्य प्रशिक्षक जगत टमाटा र प्रशिक्षक श्यामसन जंग थापाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । बन्द प्रशिक्षणमा रहेको नेपाली टोलीको अन्तिम छनोटमा २० बाट ५ खेलाडी हटाइएको हो ।


पुरुष क्रिकेट त्रिवि क्रिकेट मैदान कीर्तिपुर र महिला क्रिकेट पोखरा क्रिकेट रंगशालामा हुने तालिका छ । विश्व क्रिकेटका शक्तिशाली भारत र पाकिस्तानले क्रिकेटमा सहभागिता जनाउने छैनन् । क्रिकेटमा नेपालसहित श्रीलंका, बंगलादेश, माल्दिभ्स र भुटानले मात्र खेल्नेछन् ।




प्रकाशित : कार्तिक २९, २०७६ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?