सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपाललाई 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालले सेन्ट्रल जोन सिनियर महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । ढाकामा बिहीबार भएको फाइनल खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपाललाई 

नेपाली महिला भलिबल टिमले पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि जितेको हो । यसअघि २०१४ मा काठमाडौंमा आयोजना भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा नेपालले रजत जितेको थियो ।


पहिलो संस्करणको एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालले अपराजति यात्रा राख्दै एक सेट पनि नगुमाई च्याम्पियन बनेको हो । माल्दिभ्ससँगको खेलामा नेपालले पहिलो,दोस्रो र तेस्रो सेटमा क्रमाश: २५-१३,२५-१२ र २५–८ को नतिजा निकालेको थियो ।


कात्तिक २३ गते सुरु भएको उक्त प्रतियोगितामा ५ मुलुकको सहभागिता थियो ।

प्रकाशित : कार्तिक २८, २०७६ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?