कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

भारतसँग नेपालको हार

इमर्जिङ टिम्स एशिया कप क्रिकेट
कान्तिपुर संवाददाता

काठमाडौँ — पवन सर्राफले अर्धशतक बनाए पनि नेपालले एसीसी इमर्जिङ टिम्स कपको पहिलो खेलमा भारतसँग ७ विकेटको हार बेहोरेको छ । बिहीबार बंगलादेशमा सुरु प्रतियोगिताको पहिलो दिन ओमानले श्रीलंकालाई ४ विकेटले स्तब्ध पार्‍यो भने पाकिस्तान र आयोजक पनि विजयी भएका छन् । 

भारतसँग नेपालको हार

ढाकास्थित बीकेएसपी ३ मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाल ४४.५ ओभरमा १ सय ९३ रनमा अलआउट भयो । भारतले सानवीर सिंहको ५६ र अर्मान जाफरको अविजित ५१ रन मदतबाट ४२ ओभरमै लक्ष्य पूरा गर्‍यो । यी दुईले तेस्रो विकटेमा ९७ रनको साझेदारी गरे । सिंहले ७३ बलमा ४ चौका र जाफरले ७७ बलमा १ चौका र १ छक्का प्रहार गरे । यसअघि रवि शरथ र आर्यन जुयलले पहिलो विकेटमा ७२ रन जोडेर भारतलाई राम्रो सुरुआत दिलाए । शरथले ४९ बलमा ८ चौका र १ छक्कासहित ४९ तथा जुयलले ४३ बलमा ४३ बलमा ३ चौका प्रहार गरी २९ रन बनाए ।


सुशन भारीले शरथलाई एलबीडब्लू आउट गरी साझेदारी तोडेका थिए । जुयललाई ललितनारायण राजवंशीले बोल्ड गरे । सिंहको विकेट करण केसीको नाममा रह्यो । करणले ७ ओभरमा २५ रन खर्चे । सुसनले १० ओभरमा ४० र ललितले १० ओभरमा ४३ रन खर्चेका थिए । सोमपाल कामीले ४ ओभरमा २६, पवनले ५ ओभरमा ३८ र दीपेन्द्रसिंह ऐरीले ६ ओभरमा खर्चे पनि कुनै विकेट लिन सकेनन् ।


यसअघि नेपालको सुरुआत निकै खराब रह्यो । पूर्ण कप्तानको रूपमा पहिलो प्रतियोगितात्मक खेल खेलिरहेका ज्ञानेन्द्र मल्ल दोस्रो बलमै खाता नखोली सौरभ दुबेको बलमा बोल्ड भए । राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरिरहेका कुशल भूर्तेलले शरद भेषावकरसँग मिलेर दोस्रो विकेटमा ५४ रन जोडे । कुशलले ६० बलमा ४ चौकासहित २८ रन बनाए । आरिफ शेख धेरैबेर टिक्न सकेनन् । २ रनमै पेभेलियन फर्के । शरदले ४४ रन बनाए । उनले ७६ बल खेली १ चौका र १ छक्का प्रहार गरे । दीपेन्द्रले ३१ बलमा ३ चौका प्रहार गरी २४ रन बनाए । पवनको ५६ रनले नेपाललाई हेर्नलायक स्कोरमा उभ्यायो । ४९ बल सामना गरेका पवनले ७ चौका र २ छक्का प्रहार गरे । करण केसीले १६ बलमा १ चौका र १ छक्का प्रहार गरी २० रन बनाए । विनोद भण्डारी ५, सोमपाल २ र ललित शून्यमा आउट भए । सुसन २ रनमा अविजित रहे । दुबेले भारतबाट ४ विकेट लिए । उनले ७.५ ओभरमा १ मेडन राख्दै २६ रन खर्चे । यश राठोडले ३ र पार्थ रेखादेले २ विकेट लिए ।


कक्स बजारमा पहिलो ब्याटिङ गरेको श्रीलंका पूरा ५० ओभर खेल्दै २ सय ६८ रनमा अलआउट भयो । ओपनर जतिन्दर सिंहले अविजित १ सय ३१ रन बनाएपछि ओमानले ७ बल अगाडि लक्ष्य पूरा गर्‍यो । पाकिस्तानले अफगानिस्तानलाई ८ विकेट र बंगलादेशले हङकङलाई ९ विकेटले पराजित गरेका थिए ।


नेपालले शनिबार हङकङसँग खेल्नेछ ।

प्रकाशित : कार्तिक २८, २०७६ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?