फर्साटिकर विजयी

कान्तिपुर संवाददाता

रूपन्देही — फर्साटिकर युवा क्लबले ज्ञानबहादुर गुरुङ स्मृति चौथो सयपत्री गोल्डकप नकआउट फुटबलमा बुधबार जित हात पार्दै फाइनल तय गरेको छ । सेमिफाइनलमा फर्साटिकले आयोजक सयपत्री युवा क्लबलाई ३–१ गोलले हरायो । रामनगर खेलमैदानमा भएको खेलको छैटौं मिनेटमा कप्तान मुकेश कुँवरले गोल गर्दै फर्साटिकरलाई अग्रता दिलाए । सोही टिमबाट अमित लामाले ३४ औं मिनेटमा गोल थपे । 

खेलको ६६ औं मिनेटमा फर्साटिकरका टिकराज गुरुङ गोल थपेका थिए । त्यसअघि आयोजकका लागि ५५ औं मिनेटमा सरोज योन्जनले पेनाल्टीमार्फत गरेको गोल सान्त्वनामा परिणत भयो । फर्साटिकरका विश्व थापा म्यान अफ द म्याच भए । बिहीबार दोस्रो सेमिफाइनलमा सुनौलो संगम युवाले भैरव देशभक्त नवलपरासीसँग प्रतिस्पर्धा गर्नेछ ।


प्रकाशित : कार्तिक २८, २०७६ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?