१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सेन्ट्रल जोन महिला भलिबल : नेपाल ऐतिहासिक उपाधि नजिक

कान्तिपुर संवाददाता

काठमाडौँ — एभीसी सिनियर वुमन्स सेन्ट्रल जोन भलिबलमा नेपाल शतप्रतिशत जितसाथ फाइनलमा पुगेको छ । नेपाली टिम बुधबार लिग चरणको अन्तिम खेलमा माल्दिभ्समाथि ३–० को सोझो सेटमा जित पाउँदै फाइनल पुगेको हो । उपाधिका लागि नेपालले बिहीबार फेरि माल्दिभ्ससँगै खेल्नेछ । 

सेन्ट्रल जोन महिला भलिबल : नेपाल ऐतिहासिक उपाधि नजिक

पाँच टोलीसम्मिलित प्रतियोगितामा लिग चरणबाट शीर्ष दुई टोली फाइनल पुगेका थिए । राउन्ड रोबिन लिगका ४ खेलमा १२ अंक जोड्दा नेपाली राष्ट्रिय टोलीले एक सेट पनि गुमाउनुपरेन । यसअघि नेपालले अफगानिस्तान, किर्गिस्तान र घरेलु टोली बंगलादेशलाई हराएको थियो । ४ खेलबाट ८ अंकसहित दोस्रो स्थानमा रहेर माल्दिभ्स उपाधि नजिक पुगेको हो ।


सहिद सुरवार्दी इन्डोर रंगशालामा माल्दिभ्सलाई हराउन नेपाली टोलीलाई यसअघिका खेलमा जसरी धेरै मिहिनेत गर्नुपरेन ।


पहिलो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको नेपालले दोस्रो सेट अझै सुधारिएको प्रदर्शनसहित २५–५ ले जित्यो । तेस्रो सेटमा २५–१३ को प्रदर्शनसहित खेल सोझो सेटमा जित्दा नेपाली महिला भलिबल टोली ऐतिहासिक अन्तर्राष्ट्रिय उपाधि नजिक पुगेको छ ।


पहिलो अन्तर्राष्ट्रिय सहभागितामै नेपाली महिला टोलीले सन् १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुदमा कांस्य पदक जितेको थियो । त्यसयता सन् २००६ मा श्रीलंका तथा २०१६ मा भारतमा भएको क्रमश: ११ औं र १२ औं सागमा पनि कांस्य जितेको थियो । मंसिर १५ देखि २४ सम्म नेपालमै हुन लागेको १३ औं सागको तयारीस्वरुप नेपालले सेन्ट्रल जोनमा सहभागिता जनाएको हो ।


प्रकाशित : कार्तिक २८, २०७६ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?