कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

स्टर्लिङ कारबाहीमा

(एएफपी)

लन्डन — म्यानचेस्टर सिटीका रहिम स्टर्लिङले युरो २०२० मा मोन्टेनेग्रोविरुद्ध हुने छनोटमा इंग्ल्यान्डका लागि नखेल्न भएका छन् । उनलाई अनुशासनको कारबाहीका रूपमा टिमबाट हटाइएको हो ।

स्टर्लिङ कारबाहीमा

लिभरपुलका जो गोमेजविरुद्ध झगडामा उत्रेपछि उनी समस्यामा परेका हुन् । स्टर्लिङले इन्स्ट्राग्राममा लेख्दै गोमेजसँग इंग्ल्यान्ड टिममा फर्कंदा मुखामुख भएको स्विकारेका छन् । यसअघि इंग्लिस प्रिमियर लिग लिभरपुलले सिटीलाई ३–१ ले हराउँदा पनि उनीहरूबीच विवाद भएको थियो ।


स्टर्लिङले भनेका छन्, ‘गोमेज र मबीच केही क्षण भनाभन भएको हो । अब कुरा मिलिसकेको छ र दुवै समस्या समाधान गरेर अगाडि बढ्न तयार छौं । हामी त्यस्तो खेलमा छौं, जहाँ भावनाले कुरा बिगार्ने गर्छ । त्यसमै बगेर मैले केही खराब गरें । अब हामीबीच कुनै प्रकारको गुनासो रहेन । मलाई लाग्छ, अब हाम्रो पूरा ध्यान मोन्टेनेग्रोविरुद्ध बिहीबार हुने खेलमा केन्द्रित हुनुपर्छ ।’


यसअघि डेली मेलले स्टर्लिङ झगडामा उत्रेको बारे लामो समाचार छापेको थियो । त्यसअनुसार सोमबार दुई खेलाडीबीच झगडाको स्थिति उत्पन्न भएको थियो । टिम क्यान्टेनमा स्टर्लिङले गोमेजको घाँटी समात्ने प्रयास गरेका थिए ।

यो समाचार बाहिर आएपछि इंग्ल्यान्ड व्यवस्थापक गारेथ बेलले स्टर्लिङविरुद्ध तत्काल कारबाही गरेका हुन् । मोन्टेनेग्रोविरुद्धको खेलमा विजयी रहे इंग्ल्यान्डले युरोको अन्तिम चरणको छनोट यात्रा निश्चित गर्नेछ ।

प्रकाशित : कार्तिक २८, २०७६ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?