कृष्णको अग्रता

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालका क्यान्डिडेट मास्टर कृष्ण थापाले राजधानीमा भइरहेको मदन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस च्याम्पियनसिपमा एक्लो अग्रता लिएका छन् । बुधबार आठौं चरणमा भारतका सुमित ग्रोभरसँग बराबरी खेलेका उनले सातौं चरणमा सजिन मर्हजनलाई हराएका थिए । कृष्णको ७ अंक हुँदा दोस्रो स्थानमा रहेका सुमितसँग साढे ६ अंक छ । सुमितले सातौं चरणमा सुशील चौधरीलाई हराएका थिए । 

नेपालका पुरुषोत्तम चौलागाईं र भारतका आर्नभ कुशहवाको ६ अंक छ । आठौं चरणमा दुवैले बराबरीको नतिजा सामना गरे । सातौं चरणमा आर्नभले रिजेन्द्र राजभण्डारी र पुरुषोत्तमले प्रकाश नेपालसँग बराबरी खेलेका थिए । सातौं चरण समाप्तिमा रिजेन्द्रसँग ५ अंक छ ।

१५ देशका कुल ८४ खेलाडी सहभागी प्रतियोगिता स्विस लिगको आधारको ९ चरणमा हुनेछ । विजेताले १ हजार ५ सय र उपविजेताले १ हजार अमेरिकी डलर पुरस्कार पाउने छन् ।

प्रकाशित : कार्तिक २८, २०७६ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्

कृषि सुधार्न जापानी आउने

कान्तिपुर संवाददाता

काठमाडौँ — कृषि प्रणालीलाई आधुनिकीकरण गर्न जापानी वैज्ञानिकहरू नेपाल आउने भएका छन् । यसबारे ‘नेपाल कृषि अनुसन्धान परिषद्’ (नार्क) र ‘अन्तर्राष्ट्रिय कृषि वैज्ञानिक अनुसन्धान केन्द्र जापान’ (जिरकास) बीच बुधबार सम्झौता भएको छ ।

‘नेपाल कृषिका लागि धेरै सम्भावना भएको देश हो,’ जिरकासका अध्यक्ष तथा जापानका प्रसिद्ध कृषि वैज्ञानिक डा. मासा इवानागाले भने, ‘जापान आफ्ना वैज्ञानिकहरूलाई नेपालको कृषिमा आधुनिकीकरण गर्न सघाउन तयार छ ।’

मासाका अनुसार नेपालको उच्च पहाडी भेगमा हुने धानबारे जापानका वैज्ञानिकहरू अनुसन्धान गर्न इच्छुक छन् ।

प्रकाशित : कार्तिक २८, २०७६ ०७:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×