नेपालको लगातार जित

कान्तिपुर संवाददाता

काठमाडौँ — बंगलादेशमा जारी एसियन सिनियर वुमन्स सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ । नेपालले सोमबार किर्गिस्तानलाई ३–० को सोझो सेटमा हराएको छ । अघिल्लो दिन अफगानिस्तानलाई पनि सोझो सेटमा हराएको थियो ।

नेपालको लगातार जित

मिरपुरस्थित सहिद सुरवार्दी इन्डोर रंगशालामा भएको खेलमा नेपालले पहिलो सेट २५–१५ ले आफ्नो पक्षमा पार्‍यो । त्यसपछि दुई सेट केही प्रतिस्पर्धात्मक बने पनि नेपालले क्रमश: २५–१९, २५–२० ले आफ्नो पक्षमा पार्दै खेल जित्यो । दुई खेलबाट नेपालले ६ अंक जोडेको छ ।


सोमबारै अर्को खेलमा माल्दिभ्सले अफगानिस्तानमाथि २५–६, २५–७, २५–८ को सहज जित निकाल्यो । टोली ३ खेलबाट ८ अंकसहित शीर्षस्थानमा पुगेको छ । लिग चरणमा माल्दिभ्सले नेपालसँग खेल्न बाँकी छ । तीन खेलेको अफगानिस्तान अंकविहीन छ । ३ अंकसहित घरेलु टोली बंगलादेश तेस्रो र १ अंक जोडेको किर्गिस्तान चौथो स्थानमा छन् ।


राउन्ड रोबिन लिगअन्तर्गत ५ टोलीसम्मिलित प्रतियोगितामा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । तेस्रो र चौथो हुने टिमबीच प्लेअफ हुनेछ ।

प्रकाशित : कार्तिक २६, २०७६ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?