१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

विश्वकप छनोट अन्तर्गत कुवेतसँगको खेल भुटानमा गर्न एएफसीको स्वीकृति

कुशल तिमल्सिना

काठमाडौँ — विश्वकप तथा एसियाली छनोट अन्तगर्त कुवेतसँगको होम म्याच भुटानको चाङलिमिथाङ रंगशालामा खेलाउन एसियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई स्वीकृति दिएको छ । 

विश्वकप छनोट अन्तर्गत कुवेतसँगको खेल भुटानमा गर्न एएफसीको स्वीकृति

मंसिर ३ गते काठमाडौंको दशरथ रंगशालामा हुनुपर्ने खेल रंगशालाको निर्माण सम्पन्न नभएको भन्दै एएफसीको टेक्निकल कमिटीले अस्वीकृत गरेपछि एन्फाले भुटानमा खेलाउन फिफा र एएफसीमा प्रस्ताव गरेको थियो ।


कुवेत र नेपाल फुटबल संघको लामो जुहारीपनि एएफसीले भुटानमै खेल कुने निश्चित गरिदिएको एन्फाका प्रवक्ता किरण राईले बिज्ञप्तिमार्फत जानकारी दिएका छन् ।


विश्वकप छनोटको अवे खेलमा नेपालले कुवेतसँग ७–० को फराकिलो हार ब्यहोरेको थियो । नेपालले चाइनिज ताइपेइलाई हराएको थियो भने जोर्डन र अष्ट्रेलियासँग पराजित भएको थियो ।


प्रकाशित : कार्तिक २५, २०७६ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?