यू–१९ को दुईदिवसीय क्रिकेट हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — यू–१९ मा दुईदिवसीय क्रिकेट हुने भएको छ । वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमीको आयोजनामा पुस १९ देखि माघ ४ सम्म प्रतियोगिता हुने भएको हो । १९ वर्षमुनिका खेलाडीलाई लामो भर्सनको खेलको अनुभव दिलाउँदै भविष्यका लागि तयार पार्ने उद्देश्य रहेको आयोजकले जनाएको छ । 

यू–१९ को दुईदिवसीय क्रिकेट हुने

ग्रेट हिमालयले २०७२ सालमा एकदिवसीय लिग आयोजना गराएको थियो । अब दुईदिवसीय क्रिकेट पनि आवश्यक भएको महसुस युवामा भएको ग्रेट हिमालयका अध्यक्ष सुदीप शर्माले जनाए । ‘घरेलु क्रिकेटमा कम्तीमा दुईदिवसीय क्रिकेट सुरु होस भन्ने चाहन्छौं, यसले क्रिकेट संस्कार पनि बसाउछ । दुईदिवसीय भएकाले अझ पनि बुझाउन समय लाग्ने भएकाले हामीले पनि केही कठिनाइ भोग्नुपर्ने हुन्छ,’ शर्माले आइतबार आयोजित पत्रकार सम्मेलनमा भने ।


६ टिम खेलाउने आयोजकको लक्ष्य छ । त्यसमा आयोजकसहित काठमाडौंका ३ र राजधानी बाहिरका दुई टोली हुनेछ । निरन्तर खेलिरहेको टोलीलाई प्रतियोगितामा भाग लिन आमन्त्रण गरिने आयोजकले जनाएको छ । प्रतियोगताको पुरै खाका आउन बाँकी रहे पनि पहिलो इनिङ्समा ६० ओभरको सिमितता राखिएको र दोस्रो इनिङ्समा जति पनि खेल्न पाउने प्रावधान बनाईको प्राविधिक समितका विनयकुमार झाले बताए ।


प्रत्येक दिनको खेल ९६ ओभरको हुनेछ । मुलपानीको दुबै मैदानमा दुईदिवसीय खेल खेलाउने आयोजकको लक्ष्य छ । प्रतियोगिताको अनुमानित बजेट २५ लाख रुपैंया रहेको छ ।


प्रकाशित : कार्तिक २५, २०७६ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?