१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

लिभरपुललाई आठ अंकको अग्रता

(एएफपी)

लन्डन — लिभरपुलले आइतबार राति इंग्लिस प्रिमियर लिगमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीलाई ३–१ ले हरायो र लिग तालिकामा आठ अंकको अग्रता लियो ।

लिभरपुललाई आठ अंकको अग्रता

यो जितले लिरभपुल ३० वर्षयता पहिलो पल्ट लिग उपाधि जित्ने बाटोमा पनि लागेको छ । सुरुआती १३ मिनेटभित्र फाबिन्हो र मोहम्मद सलाहले गोल गरेपछि लिभरपुल ठोस अग्रता लिएको थियो ।

सादियो मानेले हेडबाट तेस्रो गोल गरे । अन्त्यतिर बर्नान्डो सिल्भाले एक गोल फर्काए । हारले सिटी चौथो स्थानमा रहयो र लिभरपुलसँग नौ अंकको दूरीमा रह्यो ।

अब सिटीले लगातार तेस्रो पल्ट लिग उपाधिका लागि चुनौती पेस गर्नु छ भने कडा मिहिनेत गनुै पर्नेछ ।


प्रकाशित : कार्तिक २५, २०७६ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?