युभेन्ट्स फेरि शीर्षमा

(एएफपी)

मिलान — पउलो डेबालाले गरेको निर्णायक गोल मदतले युभेन्ट्सले इटालीको सिरी ए मा आइतबार राति एसी मिलानलाई १–० ले हरायो । क्रिस्टियानो रोनाल्डोको स्थानमा मैदानमा छिरेका खेलाडीको यो गोलपछि युभेन्ट्स अंक तालिकाको शीर्ष स्थानमा फेरि उक्लन सफल भएको छ ।

युभेन्ट्स फेरि शीर्षमा

अन्य खेलमा लाजियोले लेचेलाई ४–२ र कागलिरीले फियोरेन्टिनालाई ५–२ ले हराएर शीर्ष चारमा स्थान बनाएका छन् । टुरिनमा भएको खेलमा अर्जेन्टिनी खेलाडी डेबालाले ७७ औं मिनेटमा गोल गरे ।

त्यसको २० मिनेट अगाडि उनले रोनाल्डोलाई सब्टिच्युट गरेका थिए । डिफेन्डिङ च्याम्पियन युभेन्ट्सलाई एन्टोनियो कोन्टेको इन्टर मिलानमाथि एक अंकको अग्रता प्राप्त छ ।

प्रकाशित : कार्तिक २५, २०७६ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?