मेसीको ३४ औं ह्याट्रिक

(एएफपी)

म्याड्रिड — लियोनल मेसीले डेड बल स्थितिमा दुर्लभ ह्याट्रिक गरेपछि बार्सिलोनाले शनिबार राति सेल्टा भिगोलाई ४–१ ले हरायो । स्पेनी ला लिगामा प्राप्त यो जितपछि प्रशिक्षक एरनेस्टो भाल्भेरडेमाथि सिर्जना भएको दबाब केही कम भएको छ ।

मेसीको ३४ औं ह्याट्रिक

मेसीले पेनाल्टीबाट सुरुमै एक गोल गरेपछि प्रत्येक हाफमा फ्रि किकबाट दुई गोल गरे । सेल्टाका लागि लुकास ओलाजाले एक गोल फर्काए । खेलको अन्त्यमा सर्जियो बुस्क्वेटले चौथो गोल गरे ।


मेसीको यो ३४ औं ह्याट्रिक हो । यस क्रममा उनले ह्याट्रिकको कीर्तिमानमा क्रिस्टियानो रोनाल्डोको पनि बराबरी गरेका छन् । बार्सिलोना र रियल म्याड्रिड दुवैको समान २५ अंक छ ।


गोल अन्तरमा बार्सिलोना शीर्षमा रहेको हो । यसअघि करिम बेन्जेमाको दुई गोलको मदतले रियलले आइबरलाई सजिलै ४–० ले हरायो ।


प्रकाशित : कार्तिक २४, २०७६ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?