२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

लेस्टर दोस्रो स्थानमा

(एएफपी)

लन्डन — लेस्टर सिटीले शनिबार राति इंग्लिस प्रिमियर लिगमा आर्सनललाई २–० को दोस्रो स्थानमा उक्लियो । हारले आर्सनलको आफ्नै शीर्ष चारमा पुग्ने अभियानमा धक्का पुगेको छ ।

लेस्टर दोस्रो स्थानमा

यसअघि क्रिस्टल प्यालेसलाई २–० ले हराएको चेल्सी तेस्रो स्थानमा छ । अर्को उत्तरी लन्डन क्लब टोटनहमको खराव लय कायम रह्यो र उसले घरमै सेफिल्ड युनाइटेडसँग १–१ को निराशाजनक बराबरी खेल्यो ।


यो नतिजाले टोटनहम १२ औं स्थानमा रह्यो । लेस्टरले प्राप्त गरेको जितमा जेमी भार्डि र जेम्स माडिसनले गोल गरे । चेल्सी बराबर अंक रहेको लेस्टरलाई गोल अन्तरको फाइदा छ ।

प्रकाशित : कार्तिक २४, २०७६ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?