२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

आर्मी फाइनलमा

अर्जुन राजवंशी

(बिर्तामोड) — संघर्षपूर्ण खेलमा जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब बिर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । डोमालाल राजवंशी रंगशालामा शुक्रबार सेमिफाइनलमा पाहुना टोली सिक्किमको आक्रामक फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो । 

निर्धारित सय गोलरहित बराबरीमा सकिएपछि नतिजाका लागि टाइब्रेकर खेलाइएको थियो । टाइब्रेकरमा आर्मीका दीपक गुरुङ, विकास तामाङ, राजीव गुरुङ र विवेक बस्नेतको पेनाल्टी गोल भयो । कप्तान टेकबहादुर बुढाथोकीको पहिलो पेनाल्टी प्रहारलाई सिक्किमका गोलकिपर मनोज प्रधानले रोकेका थिए । सिक्किमका मनोज कच्भा, वीरेन प्रधान र करण राईले गोल गरे । विकास क्षेत्रीको प्रहार पोस्टमा लागेर फर्किएको थियो भने एन्थोनी क्षेत्रीको पेनाल्टी आर्मीका गोलकिपर विवश चौधरीले रोकेका थिए ।


खेलको पहिलो हाफमा सिक्किम हाबी थियो । तेस्रो मिनेटमा आर्मीका डिफेन्डरले गरेको गल्तीको फाइदा सिक्किमले उठाउन सकेन । उसका गणेश लिम्बुले बक्सभित्रबाट प्रहार बाहिरियो । नवौं मिनेटमा सिक्किमकै सुरज रसाइलीले पोस्टतर्फ लक्षित सशक्त प्रहार हुन सकेन । दोस्रो हाफमा भने आर्मीले आक्रामक खेल खेलेको थियो । ५२ औं मिनेटमा आर्मीका दीपक गुरुङको फ्रिकिक प्रहार पोस्ट माथिबाट बाहिरियो । आर्मीका टंक बस्नेत, टेकबहादुर, राजीव गुरुङलेअवसर खेर फालेका थिए ।


आर्मीका गोलकिपर विवश चौधरी म्यान अफ द म्याच घोषित भए । शनिबार पुलिस क्लब र चर्च ब्वाइजबीच प्रतिस्पर्धा हुनेछ ।


प्रकाशित : कार्तिक २३, २०७६ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?