लिटिल फ्लावर विजयी

कान्तिपुर संवाददाता

धनगढी — धनगढीमा जारी प्रिमियर लिग क्रिकेटमा लिटिल फ्लावर स्कुल धनगढी सेमिफाइनलमा पुगेको छ । शुक्रबार पहिलो क्वाटरफाइनलमा भक्तपुरको निस्ट स्कुललाई २ विकेटले हराउँदै लिटिल फ्लावर अन्तिम चारमा पुगेको हो । 

एक सय ४ रनको लक्ष्य लिटिल फ्लावरले ८ विकेट गुमाई तीन बलअघि पूरा गर्‍यो । अन्तिम ओभरमा ७ रन चाहिएको अवस्थामा लिटिलका किशोर सिंहले २ चौका प्रहार गर्दै टोलीलाई जिताए । सुबोध ऐरले २८, आयुब चन्दले १९ तथा विपिन रावल र महेश अधिकारीले समान १३ रन बनाए । निस्टका सोहन यादवले ४ तथा डब्लु मलिक, दीपेन्द्र ऐरी र धनञ्जय शाहले १–१ विकेट लिए । यसअघि निस्टले १८.३ ओभरमा सबै विकेट गुमाई १ सय ३ रन बनायो । सोहनले २१, दीपेन्द्र ऐरीले १६ र सुदीप खड्काले १५ रन बनाए । फ्लावरका दीपक रोकायले ४, किशोर सिंह र प्रकाश बडुले ३–३ विकेट लिए । किशोर सिंह म्यान अफ द म्याच भए ।


शुक्रबारै अन्तिम लिग खेलमा एबीसी स्कुल नेपालगन्जले सैनिक आवासीयलाई ५ रनले हराउँदै क्वाटरफाइनल पक्का गरेको छ ।

प्रकाशित : कार्तिक २३, २०७६ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?