सागमा अफगानिस्तानले भाग लिन नपाउने

कुशल तिमल्सिना

काठमाडौँ — आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा अफगानिस्तानले सहभागिता जनाउन नपाउने भएको छ । अफगानिस्तानले दक्षिण एसियाली क्षेत्रमा सदस्यता स्थानान्तरण गर्न नपाउँदा सागमा भाग लिन नपाएको हो । सन् २०१६ मा दक्षिण एसियाली क्षेत्रबाट आफ्नो सदस्यता मध्य एसियाली क्षेत्रमा सारेको थियो । सदस्यता सारेसँगै अफगानिस्तानले साग खेलको थिएन । 

सागमा अफगानिस्तानले भाग लिन नपाउने

मध्य एसियाली क्षेत्रमा खेलकुद गतिविधि कम हुने भन्दै फेरि सन् २०१९ मा उसले सागमा भाग लिन इच्छा देखाएको थियो । तर भाग लिनको लागि दक्षिण एसियाली क्षेत्रमा सदस्यता सार्नुपर्ने हुन्छ । 'मध्य एसियाली क्षेत्रबाट अफगानिस्तानले हाम्रो क्षेत्रमा आउन खोजेको छ,' नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले भने, 'फेरि उताको सदस्यता यता सार्न साग अघि सम्भव भएन । त्यसैले अफगानिस्तानले यो पटकको सागमा सहभागिता जनाउन पाएन ।'


अफगानिस्तानले सन् २००४ देखि २००१६ सम्म सागमा भाग लिएको थियो । मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा १३ औं दक्षिण एसियाली खेलकुद आयोजना हुँदैछ ।


यी ठाउँमा हुँदै छ साग


सागमा समावेश खेल र खेलस्थल

आर्चरी : पोखरा रंगशाला (१७-२१ मंसिर)

एथ्लेटिक्स : दशरथ रंगशाला (१६-१९ मंसिर)

ब्याडमिन्टन : पोखरा रंगशाला कभर्डहल (१०-१६ मंसिर)

बास्केटबल : राखेप कभर्डहल (१८-२३ मंसिर)

थ्री बाई थ्री बास्केटबल : राखेप सेमी कभर्डहल (१८-२३ मंसिर)

बक्सिङ : कराँते कभर्डहल (१९-२३ मंसिर)

साइक्लिङ : गोकर्ण, काठमाडौं (१९-२३ मंसिर)

पुरुष क्रिकेट : त्रिवि मैदान (१६-२३ मंसिर)

महिला क्रिकेट : पोखरा रंगशाला (१६-२३ मंसिर)

फेन्सिङ : कीर्तिपुर (२०-२३ मंसिर)

पुरुष फुटबल : दशरथ रंगशाला (१२-२३ मंसिर)

महिला फुटबल : पोखरा रंगशाला (१२-२३ मंसिर)

गल्फ : गोकर्ण गल्फ कोर्स (१५-२० मंसिर)

ह्यान्डबल : पोखरा कभर्डहल (१३-१८ मंसिर)

जुडो : नेपाली सेनाको कभर्डहल, लगनखेल (२१-२४ मंसिर)

कराँते : कराँते कभर्डहल (१६-१९ मंसिर)

कवड्डी : त्रिविवि, कीर्तिपुर १९-२३ मंसिर)

खो-खो : नयाँबजार कीर्तिपुर (१६-१९ मंसिर)

प्याराग्लाइडिङ : सराङकोट, पोखरा (१३-२२ मंसिर)

सुटिङ : सुटिङ रेन्ज, सातदोबाटो (१६-२२ मंसिर)

पौडी : सातदोबाटो, ललितपुर (१९-२३ मंसिर)

स्क्वास : स्क्वास कम्प्लेक्स, ललितपुर (१९-२३ मंसिर)

टेबलटेनिस : टीटी हल, लैनचौर (१६-२० मंसिर)

टेनिस : टेनिस कम्प्लेक्स, सातदोवाटो (१८-२० मंसिर)

तेक्वान्दो : तेक्वान्दो एकेडेमी, सातदोबाटो (१६-१९ मंसिर)

ट्रायथोलन : पोखरा १५-१८ मंसिर)

महिला/पुरुष भलिबल : राखेप कभर्डहल (१९-२४ मंसिर)

बीच भलिबल : लेकसाइड पोखरा (१९-२४ मंसिर)

भारोत्तोलन : पोखरा (१६-२१ मंसिर)

कुस्ती : जनकपुर (२०-२३ मंसिर)

उसु : नेपाली सेनाको कभर्डहल, लगनखेल (१४-२० मंसिर)

प्रकाशित : कार्तिक २२, २०७६ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?