सागमा अफगानिस्तानले भाग लिन नपाउने

कुशल तिमल्सिना

काठमाडौँ — आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा अफगानिस्तानले सहभागिता जनाउन नपाउने भएको छ । अफगानिस्तानले दक्षिण एसियाली क्षेत्रमा सदस्यता स्थानान्तरण गर्न नपाउँदा सागमा भाग लिन नपाएको हो । सन् २०१६ मा दक्षिण एसियाली क्षेत्रबाट आफ्नो सदस्यता मध्य एसियाली क्षेत्रमा सारेको थियो । सदस्यता सारेसँगै अफगानिस्तानले साग खेलको थिएन । 

ZenTravel

मध्य एसियाली क्षेत्रमा खेलकुद गतिविधि कम हुने भन्दै फेरि सन् २०१९ मा उसले सागमा भाग लिन इच्छा देखाएको थियो। तर भाग लिनको लागि दक्षिण एसियाली क्षेत्रमा सदस्यता सार्नुपर्ने हुन्छ। 'मध्य एसियाली क्षेत्रबाट अफगानिस्तानले हाम्रो क्षेत्रमा आउन खोजेको छ,' नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले भने, 'फेरि उताको सदस्यता यता सार्न साग अघि सम्भव भएन। त्यसैले अफगानिस्तानले यो पटकको सागमा सहभागिता जनाउन पाएन।'

Meroghar

अफगानिस्तानले सन् २००४ देखि २००१६ सम्म सागमा भाग लिएको थियो। मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा १३ औं दक्षिण एसियाली खेलकुद आयोजना हुँदैछ ।

यी ठाउँमा हुँदै छ साग

सागमा समावेश खेल र खेलस्थल
आर्चरी : पोखरा रंगशाला (१७-२१ मंसिर)
एथ्लेटिक्स : दशरथ रंगशाला (१६-१९ मंसिर)
ब्याडमिन्टन : पोखरा रंगशाला कभर्डहल (१०-१६ मंसिर)
बास्केटबल : राखेप कभर्डहल (१८-२३ मंसिर)
थ्री बाई थ्री बास्केटबल : राखेप सेमी कभर्डहल (१८-२३ मंसिर)
बक्सिङ : कराँते कभर्डहल (१९-२३ मंसिर)
साइक्लिङ : गोकर्ण, काठमाडौं (१९-२३ मंसिर)
पुरुष क्रिकेट : त्रिवि मैदान (१६-२३ मंसिर)
महिला क्रिकेट : पोखरा रंगशाला (१६-२३ मंसिर)
फेन्सिङ : कीर्तिपुर (२०-२३ मंसिर)
पुरुष फुटबल : दशरथ रंगशाला (१२-२३ मंसिर)
महिला फुटबल : पोखरा रंगशाला (१२-२३ मंसिर)
गल्फ : गोकर्ण गल्फ कोर्स (१५-२० मंसिर)
ह्यान्डबल : पोखरा कभर्डहल (१३-१८ मंसिर)
जुडो : नेपाली सेनाको कभर्डहल, लगनखेल (२१-२४ मंसिर)
कराँते : कराँते कभर्डहल (१६-१९ मंसिर)
कवड्डी : त्रिविवि, कीर्तिपुर १९-२३ मंसिर)
खो-खो : नयाँबजार कीर्तिपुर (१६-१९ मंसिर)
प्याराग्लाइडिङ : सराङकोट, पोखरा (१३-२२ मंसिर)
सुटिङ : सुटिङ रेन्ज, सातदोबाटो (१६-२२ मंसिर)
पौडी : सातदोबाटो, ललितपुर (१९-२३ मंसिर)
स्क्वास : स्क्वास कम्प्लेक्स, ललितपुर (१९-२३ मंसिर)
टेबलटेनिस : टीटी हल, लैनचौर (१६-२० मंसिर)
टेनिस : टेनिस कम्प्लेक्स, सातदोवाटो (१८-२० मंसिर)
तेक्वान्दो : तेक्वान्दो एकेडेमी, सातदोबाटो (१६-१९ मंसिर)
ट्रायथोलन : पोखरा १५-१८ मंसिर)
महिला/पुरुष भलिबल : राखेप कभर्डहल (१९-२४ मंसिर)
बीच भलिबल : लेकसाइड पोखरा (१९-२४ मंसिर)
भारोत्तोलन : पोखरा (१६-२१ मंसिर)
कुस्ती : जनकपुर (२०-२३ मंसिर)
उसु : नेपाली सेनाको कभर्डहल, लगनखेल (१४-२० मंसिर)

प्रकाशित : कार्तिक २२, २०७६ १६:०८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

रुप ज्योति र उनकी छोरी सुरुचीलाई ३ दिन हिरासतमा राख्न आदेश 

मातृका दाहाल

काठमाडौँ — काठमाडौं जिल्ला अदालतले उद्योगी एवं पूर्व अर्थसहायक मन्त्री रुप ज्योति र उनकी छोरी सुरुची ज्योतिलाई तीन दिन थुनामा राखेर मुद्दाको अनुसन्धान गर्न आदेश दिएको छ ।


शुक्रबार जिल्ला अदालत काठमडौंले हाउजिङ निर्माणमा ठगी गरेको आरोपमा पक्राउ परेका रुप र उनकी छोरी सुरुचीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्ने महानगरीय प्रहरी परिसर काठमाडौंलाई अनुमति दिइएको हो।

परिसरका डीएसपी होबिन्द्र बोगटीले अदालतको आदेशपछि आरोपीविरुद्धको उजुरीमा अनुसन्धान अगाडि बढाइने बताए।

प्रहरीले उनीहरुलाई एक साता थुनामा राख्न अनुमति मागेको थियो। दुवै जना बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।

गत मंगलबार सर्वोच्च अदालतले रुप ज्योति र सुरुचीलाई पक्राउका लागि प्रहरीलाई अनुमति दिएको थियो।

प्रकाशित : कार्तिक २२, २०७६ १६:०८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×