नेपाललाई ३ सय ९३ रनको लक्ष्य

विनोद पाण्डे

काठमाडौँ — मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले तीनदिवसीय प्रथम श्रेणी क्रिकेटमा नेपाललाई ३ सय ९३ रनको लक्ष्य दिएको छ । नेपालले विजय हात पार्न अन्तिम दिनको भोजन अघि र बाँकी दुई सत्रको खेलमा यो लक्ष्य पुरा गर्नु पर्नेछ ।

एमसीसीले त्रिवि क्रिकेट मैदानमा ६ विकेट गुमाई १ सय ८१ रन बनाएर इनिङ्स समाप्तीको घोषणा गर्दै नेपाललाई विशाल लक्ष्य दिएको हो । नेपालबाट शुक्रबार बिहानको खेलमा करण केसीले ३ र सोमपाल कामीले १ विकेट लिए । अघिल्लो दिन पवन सर्राफ र ललितनारायण राजवंशीले १,१ विकेट लिएका थिए ।


शुक्रबार तेस्रो दिनको खेलमा एमसीसीबाट इड योङले ३१, टिम वेस्ट्ली ३४, माइल्स हेमोन्ड ११, विल भानडेरस्पार ६ रन बनाई आउट भए ।


नेपालले एमसीसीलाई पहिलो इनिङ्समा ३ सय ६४ रनमा अलआउट गर्दा पनि करण र सन्दीप लामिछानेले ३,३ विकेट लिएका थिए । जबाफमा नेपालले १ सय ५३ रनमात्र बनाउन सके पनि नेपाललाई फलोअनमा बोलाएको थिएन ।

प्रकाशित : कार्तिक २२, २०७६ ११:१२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

एमसीसी ३६४ मा अलआउट, नेपालको ब्याटिङ

विनोद पाण्डे

काठमाडौँ — नेपालसँगको तीनदिवसीय प्रथम श्रेणी क्रिकेटमा मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) तीन सय ६४ रनमा अलआउट भएको छ । अघिल्लो दिनको स्कोर ६ विकेट ३ सय ११ रनबाट खेल्न सुरु गरेको इंग्ल्सि टोली एमसीसीले ५३ रन जोडेर अलआउट भएको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दोस्रो दिनको खेलमा पाकिस्तानका पूर्व टेस्ट खेलाडी यासिर अराफत ६५ रनमा अविजित रहे । करण केसीले ३ विकेट लिए । बिहानको सत्रमा पहिलो दुई विकेट पनि करण केसीले लिएका थिए । उनले एलेक्स थम्सनलाई ३० रनमा विकेटकिपर राजु रिजालबाट एक हाते उत्कृष्ट क्याच गराए भने एलेक्स स्पेन्सरलाई शुन्यमा एलबीडब्लु आउट गरे ।

अघिल्लो दुई विकेट लिएका सन्दीप लामिछानेले क्रिस राइटलाई ४ रनमा एलबीडब्लु आउट गरे । ओलिभर हेनोन डल्बी १० रन बनाई करणको योर्कर बलमा बोल्ड भए । एमसीसी १ सय १ ओभर खेल्दै अलआउट भएको हो ।

नेपालले टस जितेपछि ब्याटिङमा आएको एमसीसीबाट अघिल्लो दिन बिलि रोड्स ७३, माइल्स हेमोन्ड ५२ र विल भान्डेरस्पार ५३ रन बनाई आउट भएका थिए । एमसीसीसँग खेल्दै नेपालले आधिकारिक तीनदिवसीय खेलमा पुनरागमन गरेको हो ।

प्रकाशित : कार्तिक २१, २०७६ ११:०५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×