नेपाली टिम पराजित

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्वकप २०२२ छनोटमा कुवेतविरुद्धको खेलका लागि तयारीमा मान्डलय पुगेको नेपाली टिमले मैत्रीपूर्ण खेलमा बिहीबार म्यानमारसँग ३–० को हार बेहोरेको छ । 

फिफा वरीयतामा २० स्थान माथिको म्यानमार टिमविरुद्ध नेपालले पहिलो हाफमै दुई गोल बेहोरेको थियो । अर्को गोल दोस्रो हाफमा भयो ।

घरेलु टिमका लागि आङ थु, डेविड हतान र हालङ बो बोले गोल गरे ।

प्रकाशित : कार्तिक २१, २०७६ २१:२७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

थाइल्याण्डमा १७ सर्वधारणको हत्या

एएफपी

बैंकक — दक्षिणी थाइल्याण्डमा मुस्लिम विद्रोहीको आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । थाइल्याण्डको दक्षिणी क्षेत्रका तीनवटा प्रान्तमा १५ वर्षयता जारी विद्रोहका कारण हालसम्म सात हजारभन्दा बढीको ज्यान गइसकेको छ ।


मलाया–मुस्लिम विद्रोहीले बढी स्वायत्तताको माग राखी सशस्त्र आन्दोलन गरिरहेका हुन।यो क्षेत्रमा थाई सरकारले सैनिक कानुन लगाएको छ। यहाा सैनिक र प्रहरीको बाक्लो उपस्थिति रहनुका साथै तालिमप्राप्त नागरिक स्वयमसेवी परिचालन गरिएको छ। स्थानीयबासी र अधिकारकर्मीले सैनिक कानुनका कारण सर्वसाधारणले कठिनाई भोग्नुपरेको बताउादै आएका छन्। गत मङ्गलबार विद्रोहीले याला प्रान्तका दुई वटा जााच चौकीमा आक्रमण गरेका थिए।

सेनाका प्रवक्ता प्रमोट प्रोम–इनले आक्रमणका कारण १२ जनाको घटनास्थलमै र तीन जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाए। आक्रमणकारीले एम–१६ राइफल र सटगनसमेत लुटेर लगेको जानकारी दिादै उक्त क्षेत्रमा सैनिक परिचालन गरिएको र आक्रमणकारीको खोजी तीब्र बनाएको बताए।

प्रकाशित : कार्तिक २१, २०७६ २१:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT